एसपी रिपोर्टर
जनकपुरधाम, साउन १० :
संसदबाट नागरिकता विद्ययेक पारित त भयो तर नागरिकता लिने समस्या जिउको तिउ छ । जन्मसिद्व र अंगकृत नागरिकका सन्तानले नेपालमा नागरिकता पाउनु सपना जस्तो त थियो नै एमबिबिएस बढिसकेका डाक्टरलाई समेत नागरिकता लिन दश दिन धाउनु पर्ने समस्या प्रस्तुत दृश्यले उजागर गर्छ ।

https://www.facebook.com/spkhabarnepal/videos/1409399099537578

दृश्यमा एमडीको परिक्षा दिने प्रयोजनका लागि नागरिकता अति आवश्यक भएका एक चिकित्सक नागरिकता लिन दश दिन जिल्ला प्रशासन कार्यालयमा धाउनु परे पछिको आक्रोश देखिएको छ । नागरिकता लिने प्रक्रियाबाट पिरोलिएका उनको भिनाजु पर्ने एक जना निगरानी दैनिकका पत्रकारको आक्रोस सिमा नाघेपछि उनले एक सचेत नागरिकका रुपमा सिडिओलाई गरेको प्रश्न र दिएको चुनौती पनि सुन्न लायक छ । पत्रकारको आक्रोस यती छ कि उनी रुन समेत लागेका छन् । उस्को रुवाईमा पिडै पिडा छ ।

आक्रोसित पत्रकारले एक सच्चा नागरिकको चरित्र प्रर्दशन गरेको छ । उनको हरेक प्रश्नमा एक नागरिकको अधिकार प्रदर्शन हुन्छ । एकातर्फ पाएको नागरिकताको प्रतिलिपी लिन यस्तो पिडा छ भने अर्को तर्फ चुनावको मुखमा नागरिकता विद्ययेक पारित गरिएपनि पारित गराउने दलकै अर्का नेताहरुले विद्ययेकको विरोध गर्न थाल्नुले पनि नेपालमा नागरिकता विभेदलाई दर्शाइरहेको छ । घटना पर्सा बिरगंज स्थित जिल्ला प्रशासन कार्यालयको बताइन्छ ।