एसपी रिपोर्टर
जनकपुरधाम, साउन ७ : 
धनुषाका स्थानीय तहमा सुडि समाजबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरिएको छ । शनिबार सुडी समाज महासंघ नेपाल एवम् सुडी समाज कल्याण समिति जनकपुरधामले धनुषा जिल्ला अन्तर्गत सुडी समाजका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेका हुन् । कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य परमेश्वर साहले सुद्धि समाजका व्यक्तिहरू राजनीतिमा स्थापित हुनुपर्ने बताउनुभएको छ । उहाँले राजनीतिमा स्थापित हुने व्यक्ति सबै ठाउँमा स्थापित हुने पनि बताउनुभयो ।


कार्यक्रममा सुडि समाज महासंघ तदर्थ समितिका अध्यक्ष परमेश्वर महासेठले सुङि समाज एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले आफ्नो पहिचान र सम्मानका लागि पनि एकजुट हुनुपर्ने बताउनुभयो । त्यस्तै, सुद्धि समाज काठमाडौँका अध्यक्ष अशोक महासेठले सामाजिक संगठन मजबुत भए राजनीतिमा पनि पहुँच बढाउन सहज हुने बताउनुभयो ।

त्यसैगरी, सुडी समाज कल्याण समितिका अध्यक्ष कैलाश नायकले जातीय उत्थान तथा पहिचानका लागि एक्लै आवाज उठाएर केही नहुने बताउनुभयो । राज्य प्रणालीमा पहुँच नभएसम्म पहिचान स्थापित उहाँको भनाइ थियो । कार्यक्रममा जनकपुरधामका मेयर मनोजकुमार साहलगायत सुद्धि समाजका जनप्रतिनिधिहरू सहभागी भएका थिए।