जनकपुरधाम , साउन ६:
मधेश प्रदेशमा बालविवाह न्यूनीकरणमा प्रगति नदेखिएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।जनकपुरधामा शुक्रबार विभिन्न संघसंस्थाहरूको सहयोगमा मधेश प्रदेश महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले गरेको कार्यक्रममा सहभागीहरूले चिन्ता व्यक्त गरेका हुन् । सरकारी तथा गैरसरकार निकायहरूले बालविवाह न्यूनीकरणका लागि विभिन्न अभियानहरू चलाउँदै आएको भए पनि उपलब्धि प्राप्त हुन नसकेको मन्त्रालयकी उपसचिव देवकुमारी खत्रीले बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशमा बालविवाह न्यूनीकरणका लागि हालसम्म भएका प्रयास, देखिएका समस्या, चुनौती र भावी रणनीति विषयको छलफल भएको थियो । छलफलमा अभिवक्ता रेझा झाले बालविवाह न्यूनीकरण नहुँदा परिवारले विभिन्न किसिमका समस्या भोग्नुपरेको बताउनुभयो ।

कार्यक्रममा मन्त्रायकी उपसचिव खत्रीले मधेश सरकारले बालविवाह न्यूनीकरणका लागि हालसम्म गरेका कार्यबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा बालविवाह न्यूनीकरणका लागि अबका दिनमा गर्नुपर्ने कामका साथै विभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाहरूले गर्दै आएको कामको मूल्यांकन पनि गरिएको थियो । समाज विकास केन्द्र, वर्ल्ड भिजन, नेपाली जुटौलगायत संघसंस्थाको सहयोगमा मन्त्रालयले अन्तर्क्रिया गरेको हो