एसपी रिपोर्टर
जनकपुरधाम, असार ३१ : मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले सुरक्षाकर्मीलाई विपद संग लड्न सक्ने क्षमतावान बनाउन प्रदेश सरकार प्रतिवद्व रहेको बताएका छन् । जनकपुरधाममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई विपद उद्दार समाग्री चाँरपाँग्रे सवारीसाधन, मोटरसाइकल, मोटरबोट र बैण्डवाजा हस्तान्तरण गर्दै मन्त्री साहले आउन सक्ने प्राकृतीक विपदको सामना गर्नका लागि सुरक्षाकर्मी तयारी अवस्थामा रहेको पनि बताए ।

मधेशमा जारी रहेको अत्याधिक गर्मी पछि हुन सक्ने भिषण वर्षा र त्यसले निम्त्याउने विपदको जोखिम न्युनिकरणका लागि तयारी अवस्थामा रहन सुरक्षानिकायलाई निर्देशन समेत दिएका छन् । कार्यक्रममा सुरक्षानिकायका प्रमुखहरुले सहयोगका लागि प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा मन्त्रालयकी राज्यमन्त्री, सचिव सहितको उपस्थिती थियो ।





