एसपी रिपोर्टर
जनकपुरधाम, असार ५ : जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि र्दुव्यवहारको प्रयास भएको छ । जनकपुरधाम उपमहानगरपालिका– २३ लादो बेला स्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन नगरपालिका कार्यालय पुगेका स्थानियहरुको भिडले उपमेयर साह माथि दुर्व्यवहारको प्रयास गरेको हो ।
प्रहरीले सुरक्षा दिएर उपमेयर साहलाई सुरक्षित स्थान पुरयाएका थिए । बेला गाउँका स्थानीय समाजसेवी एवं दाताहरुले रामजानकी दुल्हा भगवान कुटीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समय एता टुक्रा टुक्रा गरेर अबैध रुपमा बेचबिखन हुन थालेकाले अतिक्रमित जमिन खाली गराउन मांग गर्दै स्थानियहरु वडा अध्यक्ष राघवेन्द्र साहको अगुवाईमा अभियान चलाइ रहेका छन् ।
सोमवार स्थानियहरुको भिड धनुषाको प्रमुख जिल्ला अधिकारलाई ज्ञापन पत्र बुझाएपछि जनकपुरधाम उपमहानगरपालिकामा पनि ज्ञापन पत्र बुझाउन गएका थिए । मेयरको अनुपस्थितीमा उपमेयर किशोर साह भिडलाई मध्येनजर गर्दै उपमहानगरको मुल ढोका बाहिरै आएर ज्ञापन पत्र बुझन आएका थिए । तर सो क्रममा उपमेयर साहले आफुहरु जनकपुरधाममा जनताको घर तोडेर भगाउनका लागि नभई बसाउनका लागि आएको बताएपछि विवाद भएको हो ।
प्रदर्शनकारीले अवैध तरिकाले मन्दिरको जमिनमा कसैलाई बसाउने भन्दै उपमेयर माथी जाय लागेका थिए । जनकपुरधाम वडा नं. २३ को अतिक्रमित जग्गा मुक्त गर्ने अभियानका नागरिक समाजका अगुवाहरु केवल कुमार शर्मा र गंगा प्रसाद साहले जग्गा खाली नभए जस्तो सुकै आन्दोलन गर्ने बताए ।
आक्रोसित भिडले उपमेयर साहमाथि धक्कामुक्की गरेपछि प्रहरीको टोलीले सुरक्षा दिएर उनलार्य कार्यकक्षमा लगेका थिए । वडावासीहरुले मन्दिरको जग्गा खाली नगराइए आन्दोलन चर्काउने बताएका छन् । त्यस अघि उनीहरु सिडिओ कार्यालय र गुठी संस्थानको कार्यालयमा समते ज्ञापन पत्र बुझाएका थिए ।





