एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १३ : जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित उपमेयर किशोरी साहले पदभार ग्रहण गर्नुभएको छ ।
उपमेयर साह शुक्रबार पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उपमेयर साहले कार्य सम्पादन तथा व्यवस्थापनसम्बन्धी दुईबुँदे निर्णय पनि गर्नुभएको छ । उहाँले न्यायिक समितिले गर्ने कार्यहरू सेवाग्राही मैत्री बनाउन डाटावेसमा व्यवस्थित गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकाद्वारा कार्यान्वयन गरिने सम्पूर्ण आयोजनाहरूको अनुगमन तथा मूल्याङ्कन पद्धतिलाई थप गुणस्तरीय र वस्तुनिष्ठ बनाउनका लागि एक योजना व्यवस्थापन सूचना प्रणाली विकास गरी कार्यान्वयनमा ल्याउने पनि निर्णय गरिएको छ । त्यसक्रममा उपमहानगरपालिकाका कर्मचारी तथा शुभेच्छुकहरूले उपमेयर साहलाई स्वागतका गर्नुका साथै कार्यकालको सफलताको कामना गरेका थिए ।





