जनकपुरधाम, जेठ:
कृषकहरुलाई सहजता होस भन्ने उद्देश्यले महिन्द्रा एण्ड महिन्द्राले एसपी प्लस सिरिजको दुई वटा ट्रैक्टर जनकपुरधाम बजारमा ल्याएको छ ।
जनकपुरधामको मुजेलयास्थित रिचा मोटर पार्ट्सको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच महिन्द्रा एण्ड महिन्द्राको एसपी सिरिजको ५७५ एसपी प्लस र २७५ डीआई टियु एसपी प्लस ट्रैक्टर जनकपुरधाम बजारमा ल्याएको हो । सो नयाँ सिरिजको दुई वटै ट्रैक्टरको अनावरण महिन्द्रा एण्ड महिन्द्राका मार्केटिंग हेड प्रसाद गुप्ते, महिन्द्रा एण्ड महिन्द्राको नेपाल कन्ट्री हेड मनोज डाल्भी, अग्नी ग्रुपका सेल्स डाइरेक्टर वरदान बस्नेत र रिचा मोटर्स प्रा. लि.का चेयरमैन राजेशकुमार अग्रवालले संयुक्त रुपमा गरेका थिए ।
महिन्द्रा एण्ड महिन्द्राका मार्केटिंग हेड प्रसाद गुप्तेले नेपाली बजार हाम्रो लागि महत्वपूर्ण रहेकाले नै ट्रैक्टरमा अझै सुविधा थपेर एसपी सिरिजको ट्रैक्टर बजारमा ल्याइएको जानकारी दिए । उनले आउने दिनमा ग्राहकहरुबाट आउने सुझावको आधारमा आउने दिनमा ट्रैक्टरमा देखिने कमी कमजोरीलाई सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।
महिन्द्रा एण्ड महिन्द्राले ल्याएको यो ट्रैक्टर किसानहरुका लागि सरल रहेको रिचा मोटर्स प्रा.लिका चेयरमैन राजेशकुमार अग्रवालले जानकारी दिए । उनले कम इन्धन खपतमा तथा मजबुत इन्जिन रहेकाले किसानहरुलाई फाइदा पुग्ने बताए ।