जनकपुरधाम, जेठ ४:
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ मा नेपाली काँग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।
नेपाली काँग्रेसको वडाध्यक्षका उम्मेदवार निरज साह (मुन्ना) प्यानलसहित निर्वाचित भएका हुन् ।
साह ७६४ मतको फराकिलो अन्तरले निर्वाचित भएका छन् । साहले १०५९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार नाजिर हुसैन २९५ मतमा सिमित भए ।
त्यस्तै, लोसपाका रामबाबु साहले २३५ मत ल्याएका छन् ।
यसअघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मतसहित निर्वाचित भइसकेका छन् भने वडा नम्बर–२ को वडाध्यक्षमा पनि नेपाली कांग्रेसकै शिवकुमार साह ६११ मतसहित निर्वाचित भइसकेका छन् ।
त्यस्तै, वडा नम्बर–३ को वडाध्यक्षमा तमलोपाका दिपेन्द्र साह २७६ मत ल्याई निर्वाचित भएका हुन् भने वडा नम्बर–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश झा पण्डित ८३३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
त्यस्तै, वडा नम्बर–५ को वडाध्यक्षमा नेकपा एमालेका बेचन साह २९१ मत ल्याएर निर्वाचित भइसकेका छन् भने वडा नम्बर–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश साह ३३१ मत प्राप्त गरि विजयी भइसकेका छन् ।
वडा नम्बर–२५ मा पनि नेपाली काँग्रेसका उम्मेदवार चन्देश्वर साह प्यानलसहित निर्वाचित भइसकेका छन् । साह ७०६ मत ल्याएर विजयी भए ।
त्यस्तै, वडा नम्बर–२४ मा नेकपा एमालेका उम्मेदवार उपेन्द्र सहनी १ हजार १४४ मत ल्याएर निर्वाचित भइसकेका छन् ।