जनकपुरधाम, २३ बैशाख :
जनकपुरधाम उपमहानगरपलिकाका नेकपा एमालेबाट मेयर पदका उम्मेदवार रहेका शिवशंकर साह हिराले आफुले जनकपुरको विकासको लागि उठाएको एजेण्डाबाट विपक्षीहरु त्रसित भएको बताउनुभयो भएको छ । उहाले आफनो प्रतिद्वन्दीसंग कुनै पनि प्रकारले एजेण्डा नरहेको अवस्थामा आफनो स्वास्थ्य प्रति प्श्न खडा गर्न थालेको आरोप लगाउनुभयो । उनले आफुलाई केही समय पुर्वमा लडदा खुटटा फ्याक्चर भएर स्टील लागेको कारणले हिडदा दुख्ने गरेको बताउनुभयो । उहाले त्यसकारणले आफु चुनावी अभियानमा गाडिको बढि प्रयोग गरिरहेको बताउदै यसलाई चुनावी एजेण्डा बनाउनु विपक्षीहरुको हारको परिचायक रहेको बताउनुभयो । साहले भन्नुभयो जनकपुरको विकासको विषयमा जहिलेपनि वहस गर्न तयार रहेको छु ,विपक्षीहरुसंग जनकपुरको विकासको मोडेलमा जहिले नि वहस गर्न तयार रहेको छु ।
साहले स्थानिय तह सबै भन्दा नजिकको सरकार भएको कारणले यसले जनतालाई विकास र सुशासन दिनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।उहाले आफुले विभिन्न समाजिक संस्थामा हुदा समेत जनकपुरको विकासको लागि सदैव तत्पर रहेको बताउनुभयो । साहले जनताको अधिकारको आन्दोलन देखि विकासको आन्दोलनमा समेत क्रियाशिल रहेको बताउदै जनकपुरको विकासको लागि आफुले देखाएको अग्रसरता कसैबाट लुकेको नरहेको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाको लादोबेलामा घर दैलो अभियानमा सहभागि रहेका साहले संचारकर्मीसंग कुराकागर्दै जनकपुरको विकासको आधार आफुसंग रहेको बताउदै विकास विना समृद्धि आउन नसक्ने बताउदै समृद्ध नेपाल र सुखि नेपाली आफनो पार्टीको मुख्य लक्ष्य रहेको बताउनुभयो ।
साहले विगतका मेयरले जनकपुरको विकास भन्दा पनि आफु खल्ती कसरी भर्ने त्यस तर्फ लागेको कारण जनकपुरको विकास नभएको बताउनुभयो ।
घर दैलो कार्यक्रममा उपमेयर पदकी उम्मेदवार रुना झा,सो वडाका वडा अध्यक्षका उम्मेदवार सहगि उल्लेख्य रुपमा एमालेका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।