जनकपुरधाम, वैशाख २२ :
नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका उम्मेदवार शिवशंकर साह हिराले जनकपुरधाम उपमहानगरपालिकालाई कमिशन आतंक र परिवारवावदबाट छुटकारा दिने प्रतिवद्धता व्यक्त गरेका छन् । यसअघि जनप्रतिनिधिहरु परिवारवावद र कमिशनको अड्डा उपमहानगरलाई बनाएइकाले विकासका कामहरु हुन नसकेको आरोप लगाउँदै हिराले त्यसको अन्त्य गर्ने बताए ।
जनकपुरधामस्थित वडा नम्बर १७मा तेतरिया, कनकपट्टी, मनहरपुरमा उपप्रमुखको उम्मेदवार रुना झासंगै घरदैलोका लागि पुगेका हिराले ग्रामीण वडाको विकासलाई प्राथमिकतामा राख्ने बताए । यसका साथै जनकपुरधामलाई धार्मिक पर्यटकीय शहरको रुपमा विकास गर्ने प्रतवद्धता व्यक्त गरे । जनकपुरधाममा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकोले दिएका मठ मन्दिरलाई व्यवस्थित गर्नुका साथै सौन्दर्यीकरणमा जोड दिनु आवश्यक रहेको बताए ।
यद्यपि यस अघि मठ मन्दिरको जग्गा अतिक्रणका साथै भ्रष्टाचार समेत भएकाले त्यसलाई निर्मूल पार्न आफूले काम गर्ने बताए । जनकपुरधाम हिन्दुहरुको आस्थाको केन्द्र रहेकाले आफू निर्वाचित भए विश्वभरीका हिन्दुहरुलाई जनकपुरधामसंग जोड्नका लागि योजनावद्ध रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।