जनकपुरधाम, वैशाख १६ :
जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार बलराम महतोले आफू निर्वाचित भए ग्रामीण वडाहरुको विकास विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बेंगा शिवपुरमा मतदाताको घर घरमा घरदैलौका लागि पुगेका महतोले जनकपुरधामको विकासका लागि ग्रामीण वडाहरुको विकास हुनु आवश्यक रहेको बताए । उनले भने ‘त्यसैले मेरो विशेष ध्यान ग्रामीण वडाको विकासमा रह्ने छ ।’ वडाध्यक्षको उम्मेदवारहरु समेत वडा वडामा वचनवद्धता गरिरहेका होलान् उनीहरुको वचनवद्धता पूरा गर्न आफू सदैव तत्पर रह्ने बताए । वडाध्यक्षहरु कुनै पार्टीबाट निर्वाचित भएपनि कुनै वडाध्यक्षसंग भेदभाव नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
महतोले जनकपुरधामको विकासका लागि असल अभिभावकको चुनाव गर्न मतदाताहरुसंग आग्रह गरे । बेंगा शिवपुरमा पुगेका महतोले मतदाताहरुको घरदैलोमा पुगेर उनीहरुसंग भलाकुसारी समेत गरेका थिए ।