जनकपुरधाम, वैशाख १६ :
जनकपुरधाम उपमहानरपालिकाको एमालेबाट नगरप्रमुखको उम्मेदवार शिवशंकर साह हिरा आफू २४औँ घण्टा जनताको सेवाका लागि तत्पर रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ बसहियामा घरदैलोका लागि पुगेका नगरप्रमुखका उम्मेदवार हिराले आफू नगरप्रमुखमा निर्वाचित भए उपमहानगरबाट २४औँ घण्टा जनताको सेवा कसरी प्रदान गर्न सकिन्छ त्यसको वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । एमालेबाटै नगर उपप्रमुखको उम्मेदवार रहेकी रुना झासंगै घरदैलोमा पुगेका हिराले वैशाख ३०को स्थानीय निर्वाचनसम्म आपसी कटुता देखिएपनि त्यसपपछि कुनै कटुता नराखेर सेवा भावले काम गर्ने बताए ।
उनले वडा वडामा सरसफाईको साथै लामखुट्टे मुक्त जनकपुरधाम निर्माण गर्न आफूले पहल गर्ने बताए । साथै उनले सय दिनभत्र डम्पिङ्ग साइटको व्यवस्थाप र ट्राफिक व्यवस्थापन तथा एक वर्षभित्र प्रत्येक वडामा एम्बुलेन्स सहित निःशुल्क मोहल्ला क्लिनिक संचालन गर्ने जसमा उपचार सहित निःशुल्यक प्याथलोजीको व्यवस्था रहनेछ । तीन वर्ष भित्रै यहाँका सामुदायिक विद्यालय र कलेजलाई स्मार्ट स्कूल र कलेजको रुपमा रुपान्तरण गर्ने आफ्नो लक्ष्य रहेको बताए ।
हिराले आफूले नगरको विकासका लागि बनाएका योजनाहरु ३ चरणमा पूरा गर्ने लक्ष्य लिएको जानकारी दिए ।
एमालेबाटै उपप्रमुखको उम्मेदवार रहेकी रुना झाले आफू उपप्रमुखको काम कर्तव्य पूर्ण रुपमा पालन गर्ने दावी गरिन् । उपप्रमुखसंग कयौँ अधिकार रहेपनि जानकारी अभावमा पछिल्लो स्थानीय निर्वाचनमा जितेका उपप्रमुखहरुले सदुपयोग गर्न नसकेको बताइन् । यद्यपि आफूले ती अधिकारहरुको प्रयोग गर्दै महिला सशक्तिकरणका लागि योजनावद्ध हिसाबले काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।


