जनकपुरधाम, १० बैशाख :
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिनका लागि शुक्रबार हंसपुर नगरपालिकाका मेयर  रामज्ञान मण्डलले राजीनामा दिनु भएकाे छ ।हंसपुरनगरपालिकाका विभिन्न वडामा पुनः जनप्रतिनिधिको उमेदवार बन्नका लागि लाेसपाका    सम्पुर्ण  वडाध्यक्ष  राजीनामा दिनुभएकाे छ ।    जनप्रतिनिधिहरुले  नगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत सुर्य प्रसाद दाहाल समक्ष  पदबाट राजीनामा दिएका छन्  ।

सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले अनिवार्य राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिताको व्यवस्थालाई सदर गरेपछि जनप्रतिनिधिहरु धमाधम राजीनामामा जुटेका हुन् ।नगर प्रमुख मंडल  लगायत वडाध्यक्षहरू नगरपालिकाकाे कार्यालय पुगेर प्रमुख प्रशासकीय अधिकृत दाहाललाइ राजीनामा बुझाएका छौं ।’ 

नगर प्रमुख मडलले अबकाे दिनमा चुनाब जितेर अाए पछि बिगतका बाँकी रहेका काम पुरा गर्नै वाचाका सँग लाेकतान्त्रिक समाजबादी पार्टीबाट नै चुनाब लडने पक्का रहेकाे बताउनु भएकाे छ ।देशमा रहेका संबैधानिक ब्यबस्थालाइ व्यबस्थित गर्दै अाँउदाे चुनाबमा हामीले बाँकी रहेका सम्पुर्ण काम र कानुन ब्यबस्थापन गर्न दाबी गर्नु भयाे । बैशाख ११ गते देखि लागु हुने गरि राजिनामा दिएकाे पत्रकार सम्मेलन गरि जानकारी दिएकाे छ ।