चैत २४ देखि ३० गते सम्म हुने भनिएको श्री मिथिला महोत्सव २०७८ स्थगित


एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त २३ : जनकपुरधाम सहित यस मिथिला क्षेत्रको स्थानिय उत्पादनको संरक्षण, प्रर्वद्वन, विकासको उद्देश्य सहित जनकपुरधाममा आयोजना हुने भनिएको श्री मिथिला महोत्सव २०७८ तत्काल स्थगित भएको छ । देश विदेश सहित मधेशमा समेत पटक पटक ईभेन्टहरुको आयोजना गरिसकेको आइडिया पिक्सलले आफुहरुले पत्रकार सम्मेलन गरि चैत २४ देखि ३० गते सम्म सात दिनको आयोजना महोत्सव प्राविधिक तयारी पुरा हुन नसकेकाले तत्काल स्थगित भएको पिक्सलका अध्यक्ष पवनराज जोशीले बताएका छन् ।
जनकपुरधाम उद्योग बाणिज्य संघको स्पोर्टमा हुने भनिएको महोत्सवको तयारी पुरा भएपछि पुनः जानकारी गराइने छ । हाम्रो तयारी पुरा हुन सकेन अनि बाह्रबिघ्घामा क्रिकेट टुर्नामेन्टको आयोजनाका लागि महिनौ देखि तयारी भइरहेको र चैत २३ देखि २५ सम्म जनकपुरधाममै मिथिला साहित्यीक तथा नाटय महोत्सवको समेत आयोजना भइरहेकाले पछि अर्को अनुकुल समयमा महोत्सवको आयोजना हुने बताइएको छ ।
