एसपी रिपोर्टर
जनकपुरधाम, चैत १९ : नेपाल र भारतका प्रधानमन्त्रीद्वयले समुदघाटन गरेपछि भारतको जयनगरबाट जनकपुरधाम आइपुगेको रेल चढने क्रममा मुख्यमन्त्रीको सुरक्षामा व्यापक लापरवाही देखिएको छ । प्रदेशको मुख्यमन्त्री प्रदेशका प्रधानमन्त्री जस्तै भएपनि उनलाई रेल चढाउन कुनै व्यवस्था नभएको देखिन्छ । समान्य मान्छे सरह मुख्यमन्त्रीलाई ठेलमठेला गरि रेलमा चढाइदै छ ।
हेर्नोस भिडियो
प्रस्तुत दृश्यमा लापरवाही यहाँ सम्म देखिएको छ कि मुख्यमन्त्री कति सम्म असुरक्षित छ भन्ने कुरा भनि रहन पर्दैन । मुख्यमन्त्री तछाडमछाडका बिच धकेलिएका छन् । नेपाली सेना, मुख्यमन्त्रीका सचिवालयका सहयोगी र पार्टीका नेताहरु रहेपनि उनलाई कुनै पनि हिसावले सहजता भएको देखिदैन । यस्तोमा हुन सक्ने सुरक्षा संवेदनशिलतालाई सुरक्षा संयन्त्रले नजरअन्दाज गरेको देखिन्छ ।
दृश्यले मुख्यमन्त्रीलाई कति महत्व दिइन्छ भन्ने कुरा पनि दर्शाउछ । प्रदेशका मुख्यमन्त्रीको सुरक्षा व्यवस्था मात्र होइन समान्य रेल चढाउन समेत भिडभाडमै व्यवस्थापन गरेको देख्दा देशै भरि आलोचना भइरहेको छ । मुख्यमन्त्री जस्ता सम्मानित व्यक्तीलाई कुनै विशेष बाटो र द्वारको व्यवस्थापन हुनुपर्नेमा भिडभाड भएकै ठाँउमा यसरी गरिएको सवारीलाई चासोका साथ हेरिएको छ ।


