एसपी रिपोर्टर
जनकपुरधाम, चैत १८ :
नेपालको एकमात्र रेल्वे जनकपुरधाम–जयनगर रेल्वे सेवा शनिवार देखि विधिवत यात्रु बोक्ने तयारी अन्तिम चरणमा पुगेको छ । शनिवार भारतको नयाँ दिल्लीमा दुई देशका प्रधानमन्त्री संयुक्त रुपमा स्वीच थिचेर नेपाल रेल्वेको समुदघाटन गर्नेछन् ।

धनुषाको कुर्था स्टेशन देखि जनकपुरधाम हुदै भारत विहारको जयनगर सम्म काम सम्पन्न भएको नेपाल रेल्वको सेवा भोली शनिवार देखि विधिवत औपचारिक रुपमा यात्रुलाई सेवा प्रदान गर्न गइरहेको छ । शनिवार देखि सुरु हुन लागेको कुर्था–जयनगर सम्मको कुल ३४ दशमलव ५ किलोमिटरको यात्राका लागि समान्य सिटका लागि रु ९० र वाता अनुकुलित सिट र सुविधा तर्फ ४ सय ५० रुपैया टिकट कायम गरिएको छ ।

जनकपुरधामबाट भने जयनगरका लागि समान्य टिकट रु ७० र एसीकोच तर्फ ३ सय ७० कायम गरिएको छ । रेल्वे चल्ने सुनेपछि स्थानिय खुसी छन् । समुदघाटनको तयारी भइरहेको देखेर बल्ल स्थानियहरु अव रेल्वे चल्न लागेको विश्वास गर्न थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा भारत गएको र शनिवार समुदघाटनका लागि जनकपुरधाममा भइरहेको गवितिधीले रेल चल्ने वातावरणको विश्वासिलो आधार तय गरेको छ ।

जनकपुरधाम स्थित रेल्वे स्टेशनमा वाँकी रहेको रंग रोगन, टिकट दररेट समेत सार्वजानिक भइसकेको र शनिवारको समुदघाटनका लागि सरसजावट भइरहेको देखेपछि स्थानियमा खुसी छ । शनिवारको कार्यक्रमलाई केन्द्रित गर्दै संघिय सरकारकी भौतीक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव समेत जनकपुरधाम आइपुगेकी छन् । शनिवार दुई देशको प्रधानमन्त्री दिल्लीमा संयुक्त रुपमा बटन थिचेपछि नेपाल रेल्वे दैनिक सेवा प्रदान र्गे उनले बताइन ।

रेल्वे किनेको समेत १८ महिना कटि सक्दा पनि रेल्वे नचल्नु, पटक पटक रेल्वेको परिक्षण हुनु, नेपाल र भारत तर्फका प्रतिनिधी आएर अवलोकन र निरिक्षणमा मात्र सिमित हुनुले रेल्वे सञ्चालन असमञ्जसतामा परेको थियो ।