एसपी रिपोर्टर
जनकपुरधाम, चैत १३ : नेपाल वैश्य युवासंघ मधेश प्रदेश समितिले जसपा सांसद प्रमोद साह उपरको संघातिक आक्रमणको भत्र्सना गरेको छ । समितिका अध्यक्ष राज कुमार साह राजुले एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको निन्दा गर्नुका साथै यथा सिघ्र सत्तथ्य छानविन गरि दोषी उपर कारवाहीको मांग गरेको छ ।
प्रेस विज्ञप्तीमा भनिएको छ ‘नेपाल वैश्य युवा संघका केन्द्रिय सल्लाहकार मधेशका लोकप्रिय युवा नेता तथा प्रत्यक्ष निर्वाचित प्रतिनिधीसभा सांसद माननिय प्रमोद कुमार साह उपर सर्लाहीको बलयवासमा भएको संघातिक आक्रमणको संघ मधेश प्रदेश घोर निन्दा र भत्र्सना गर्दछ । सांसद जस्तो अभिभावक व्यक्ति सडक विस्तार जस्ता विकास निर्माणका लागि कुनै पनि अवरोध हुन नहुने र त्यसको सामाधान दर्शाउन कार्यस्थलमै पुगेका बेला उहाँ माथी गरिएको नियोजित संघातिक आक्रमणको जति निन्दा गरेपनि कम हुन्छ ।’
साथै विज्ञप्तीमा अगाडि भनिएको छ, ‘वैश्य समुदायलाई डर धाक धम्की भय त्रास देखाएर राजनितिमा लगानी मात्र गर्न लगाउने र नेतृत्व तथा अवसर हात पार्नेहरुका लागि राजनितिमा उदयमान युवा माननिय साह एक प्रकारले चुनौती रहेकाले शान्त, अनुशासित र सरल वैश्य समुदायका जनप्रतिनिधी देख्नै वितिकै गरिने यस्ता आक्रमण र संघातिक आक्रमणका आरोपितहरुको तुरन्त पत्ता लगाई कडा कारवाहीका लागि संघ मांग गर्दछ । वैश्य समुदायका जनप्रतिनिधीहरु माथी यस्ता क्रियाकलाप र आक्रमणको क्रम नरोकिए संघ कडा कदम चाल्न बाध्य हुने समेत जानकारी गराउँदछौं । अतः घटनाका दोषिहरुको तुरन्त पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न संघ मधेश प्रदेश मांग गर्दछ । प्रहरी प्रशासन अविलम्व यस प्रक्रियामा नगई अपराधीको संरक्षणमा लागेर घटनालाई बङ्गयाउन खोजे आफुहरु कडा आन्दोलन गर्न बाध्य हुने समेत संघ जानकारी गराउँदछौं ।’


