एसपी रिपोर्टर
जनकपुरधाम, चैत ९ : राजनितिमा सक्रिय हुन केही दिन अघि नेपाल प्रहरीको एसएसपी पदबाट राजीनामा दिएका गोविन्द कुमार साह गाउँ फर्केर समाजिक कार्यमा जुटेका छन् । यस क्रममा धनुषाको विदेह नगरपालिका–८ बफैमा उनको पहलमा बुधवार निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा ७ सय ५० जना व्यक्तिलाई निःशूल्क स्वास्थ्य परामर्श, औषधी तथा उपचार सेवा प्रदान गरिएको डा.प्रेमकुमार साहले बताउ ।
नेपाली काँग्रेसको जग बलियो बनाउने भूमिका र सामाजिक कार्यमा आफनो परिवारको पृष्ठभुमि जोडिएको हुँदा राजनितिमा आएको साहले बताए । समाजका लागि केहि गर्नु पर्छ भन्ने उद्देश्यले जागिर छाडेपछि सामाजिक कार्य तर्फ केन्द्रित बनेको उनको तर्क छ । विदेह नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिने तयारीमा रहेका साहले यसअघि गाउँलेहरुले चुनाव लड्न आउनै पर्छ भनेपछि पदबाट राजिनामा दिएको बताएका थिए ।

एस.पी. अर्थोपेडिक हस्पिटल एण्ड क्रिटिकल केयरद्वारा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकहरु डा. विजय कापर (गाइनोकोलोजी), डा.संजय कुमार साह (अर्थोपेडिक), डा. संजित साह (अर्थोपेडिक), डा.श्रीनारायण यादव (पेडियेट्रिक), डा. संजय साह (पेडियेट्रिक), डा.रामस्नेही यादव (डेन्टल), डा. चन्दन साह (इएनटी), डा. प्रेमकुमार साह (क्रिटिकल केयर), का साथै डा. सुदिप साह, सिकन्दर मण्डल र विष्णुदेव रजकले सेवाग्रहीलाई शिविरमा स्वास्थ्य सेवा प्रदान गरेका थिए ।





