एसपी रिपोर्टर
जनकपुरधाम, चैत ४ :
महामुर्ख २०७८ को उपाधी निति आयोग मधेश प्रदेशका उपाध्यक्ष डा. भोगेन्द्र झालाई प्रदान गरिएको छ । जनकपुरधाम स्थित मिथिला नाटयकला परिषद मिनापले होलीको अवसरमा प्रत्येक वर्ष आयोजना गर्ने महामुर्ख सम्मेलनबाट विशिष्ठ व्यक्तित्वलाई महामुर्खको उपाधी प्रदान गर्ने गरिन्छ ।

जानकी मन्दिरको प्राङ्गणमा आयोजित विशेष महामुर्ख सम्मेलन समारोहका बिच डा. झालाई महामुर्खको मानपदवी प्रदान गरिएको छ । त्यसैगरि चिकित्सक तर्फ डा. एसके सिंह, प्रशासनिक निकाय तर्फ जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, वातावरण अभियन्ता देव नारायण मण्डल, युवा तर्फ राकेश विक्रम साह, पत्रकार तर्फ मनिका झा, महिला नेतृ तर्फ प्रदेश सांसद मञ्जु यादवका साथै जनकपुरधामका प्रकाशजंग राणा, प्रमोद चौधरी (सगुन प्लाई) सहितकालाई विभिन्न मानपदवी बाट सम्मान गरिएको छ ।

मानपदवीको नामांकरण व्यङ्गात्मक र मानपदवीको रुपमा प्रदान गरिने उपहार र पुरस्कार समेत मिथिलाको परम्परागत व्यङ्ग प्रहार गर्ने किशिमले प्रदान गरिने यो महामुर्खको उपाधी र सम्मेलन जनकपुरधामको होलीमा हुने मुख्य आयोजन नै बनेको छ । उपाधीहरुको विस्तृत विवरण आउन वाँकी छ ।