एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २१ :
जनकपुरधामको एक खाद्य गोदाममा आगलगी हुँदा करौडौंको क्षती भएको दावी गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं ६ मा रहेको आरव ट्रेडर्स तथा न्यू संघर्ष स्टोर्समा गएराति आगलागी हुदा करौडौंको क्षति भएको अनुमान गरिएको छ ।

राति १२ः३० बजे विद्युत सर्ट भएपछि आगलगी भएर गोदाममा रहेका मसलाका सामानहरु, दाल तथा तेलहन सहितको खाद्यान्नमा जलेपछि उक्त मूल्य बराबरको क्षति भएको गोदामका सञ्चालक अमर साहले जानकारी गराए ।

जनकपुधाम उपमहानगरपालिकाको वारुण यन्त्रलाई समयमा नै जानकारी दिएपनि एक घण्टा ढिलो गरि आएका कारणले गोदाम सहितमा व्यापक क्षती भएको बताइएको छ । भएका सम्पूर्ण खाद्यान्न सामाग्रीहरु जलेर नष्ट भएको पिडितले जनाएको छ ।

तर पूर्व पश्चिम राजमार्ग क्षेत्रमा रहेको नेपाल प्रहरीको वारुण यन्त्र स्थानीय प्रहरी, शसस्त्र प्रहरी स्थानीय बासीको सहयोगमा तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएका थिए । जिल्ला प्रहरी कार्यालयले पसलको अतिको स्थलगत मुचुल्का गर्ने काम गरिरहेकोले क्षतिको वास्तरिक विवरण प्राप्त हुनका लागि समय लाग्ने बताएको छ ।