पुरन रौनियार
जनकपुरधाम, फागुन १७ :
भोजपुरी स्टार तथा प्रसिद्व गायक खेसारीलाल यादवले नेपाली टिकटक स्टार सोम्या पोखरेललाई छ महिना भित्र आफनो फिल्मको हिरोइन बनाउने घोषणा गरेका छन् । रौतहटको मौलापुरमा महाशिवरात्रीको अवसरमा आयोजित मधानी महोत्सव २०७८ को अवसरमा मौलापुर आएका खेसारीले सोम्याको हातमा आफनो टयाटु देखेपछि सो घोषणा गरेका हुन ।

https://www.facebook.com/ourchandra/videos/403066784957808

सोम्याले आफु पाँच वर्षकै उमेर देखि तपाईको फयान रहेको आज २१ वर्षको उमेरमा स्टेजमा तपाई संग उभिन पाउँदा औधी खुसी लागेको बताएकी थिइन । सोम्याको आफु प्रतिको सम्र्पण देखेर सोम्यालाई अँगालो हान्दै खेसारीले जनतालाई सोध्छन, ‘यार मै यिन लडकीके साथ क्या करु, एक गित करु या फिल्म करु ? जनताको जवाफ हुन्छ, ‘फिल्म करिए’ अनि खेसारीको घोषणा यस्तो घोषणा हुन्छ, ‘मै वादा करता हुँ पाँच से छ महिनाके अन्तर इन्को अपना फिल्मका हिरोइन बनाउंङ्गा ।’

सोम्या टिकटकमा आफनो अभिनय, समाजीक कार्य र विवादहरुका कारण पनि चर्चामा रहने गरेकी छिन् । बिरगंज निवासी सोम्या गुप्ता थरका युवकसंग प्रेम विवाह गरेकी छन । उनका श्रीमान, देवर, देवरानी र सासुले समेत टिकटकमा उनलाई स्पोर्ट गरेको भिडियोहरु उनले पोष्ट गरिरहेकी हुन्छिन ।

एमाले नेता तथा रौतहटका विकास पुरुष भनेर चिनिने पुर्व मन्त्री प्रभु साह र मौलापुर नगरपालिकाको आयोजना तथा सन्तोष राज अध्यक्ष रहेको एस राज प्रोडक्सनको सहजीकरणमा भइरहेको महोत्सवमा भोजपुरीका कलाकार खेसारीका साथै रानी चटर्जी सहितकाहरु रौतहटमा आएका छन् ।