तिनपक्ष बिच जनकपुरधाममा शहरी उत्थानशीलता कार्यक्रम सुदृढ परियोजना सम्झौता


एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १६ : जनकपुरधाममा सार्वजनिक निजी संवाद मञ्चसम्बन्धी समझदारी भएको छ । सोमबार जनकपुरधाम उपमहागनरपालिका, जनकपुरधाम उद्योग वाणिज्य संघ तथा नेपाल शहरी उत्थानशीलता कार्यक्रम सृदृद्ध परियोजनाबीच यस्तो समझदारी भएको हो ।
लगानी तथा व्यवसायको सञ्चालनका लागि तयार गरिएको नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन तथा यसको अनुगमनलगायत उद्देश्य लिएर यो समझदारी भएको छ । त्यस्तै, जनकपुरधाममा व्यवसाय सञ्चालन तथा लगानीको वृद्धिका लागि बाधा, सीमा तथा अवरोधहरूको पहिचान गर्ने पनि उद्देश्य लिइएको छ ।
कार्यक्रममा सहभागीहरूले सार्वजनिक र निजी क्षेत्रले मिलेर अगाडि बढे राष्ट्रले लिएका लक्ष्यहरू पूरा गर्न मद्दत पुग्ने बताएका छन् । निजी तथा सार्वजनिक क्षेत्रहरूबीच नियमित, नजितामुखी र पारदर्शी संवादको सुनिशिचतताका लागि संस्थागत संरचना उपलब्ध गराउने जस्ता विषयहरूमा संवाद मञ्चले पहलकदमी लिने छ ।
कार्यक्रममा जनकपुरधामका प्रमुख लालकिशोर साह, उपप्रमुख रिताकुमारी मिश्र जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, नेपाल शहरी उत्थानशीलता कार्यक्रमका सल्लाहकार कृष्ण ज्ञवाली र ब्रिटिश राजदूतावासकी सहायक विकास निर्देशक हेडी ताभाकोली सहितको उपस्थिती थियो ।
