एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १३ :
जनप्रतिनिधीहरुले जनताले विकासका काम मात्र खोजेकाले समेत समाजको सर्वाङ्गिक विकास हुन नसकेको बताएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाममा स्वतन्त्रता अभियानले बालश्रम अन्त्यका लागि गरेको प्रादेशिक अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला बालकालिका तथा समाजिक न्याय संसदिय समितिका सभापती समेत रहेका प्रदेश सांसद जयनुल राइनले जनताले आफुहरुसंग मात्र सडक, नाला, भवन, पुल जस्ता विकास खोज्ने गरेको बताएका छन् ।

उनले जनप्रतिनिधीहरुसंग विकास निर्माणको काम मात्र खोज्ने परिपाटीले समाजको स्वास्थ्य, शिक्षा जस्ता नैसर्गिक अधिकारबाट नागरिक बञ्चित नै रहेको बताएका छन् । वक्ताहरुले प्रदेश सरकारले ऐन कानुनमा महिला, बालबालिका लक्षित धेरै बुदाँहरु उल्लेख गरेपनि व्यवहारमा लागु हुन नसकेको बताए ।

कार्यक्रममा उपस्थितहरुले निर्वाचनको बेला मत बेच्नु र मात्र सिमेन्ट बालुवाको विकासको चाहना राख्नुले समेत समाजको चौतफी विकास हुन नसकेको बताएका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका अगुवाहरुको सहभागिता रहेको छ ।