एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ९ : नेकपा एमालेका सचिव रघुविर महासेठले प्रचण्ड र माधव नेपाल पुनः पार्टीमा आउन चाहेपनि अव त्यो सम्भावना नरहेको बताएका छन् । नेकपा एमालेको प्रथम लक्ष्मिीनियाँ गाउपालिका अधिवेशनलाई सम्बोधन गर्दै पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका महासेठले माधव नेपाल र प्रचण्डका लागि अव पार्टीमा कुनै ठाँउ नरहेको बताएका छन् ।
महासेठले प्रचण्ड र नेपाल पश्चातापमा परेको बताएका छन् । उनले प्रचण्ड र नेपालका नेता कार्यक्रतालाई पार्टीमा फर्किन आग्रह गरेका छन् । प्रचण्ड र नेपालले पार्टी अध्यक्ष बन्न र सत्तामा जानकै लागि कम्नियुष्ट आन्दोलन समेत धरापमा पारेको उनको तर्क छ ।
प्रचण्डको दोहोरो चरित्रका कारण देश फँस्दै गएको उनले बताए । पार्टीकी नेतृ तथा पोलिटब्युरो सदस्यले नेकपा एमाले अझ शस्क्त पार्टीको रुपमा स्थापित हुने बताइन । उनले एमाले जनताको पक्षमा काम गर्नेमा विश्वस्त रहन आग्रह गरेका छन् ।
अधिवेशनबाट दिनेश यादवको अध्यक्षतामा ४९ सदस्सीय गाँउपालिका कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा रामदयाल ठाकुर, सचिवमा तपेश्वर साह, सहसचिवमा श्रीनारायण साह र सहसचिव शम्भु यादव रहेका छन् ।


