एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ : मधेश प्रदेशका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र कुमार सिंहले प्रदेशका जयेष्ठ नागरिकहरुको सम्मानमा प्रदेश सरकार प्रतिवद्व रहेको बताएका छन् । जनकपुरधाममा महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले ज्येष्ठ नागरिक सम्मानका लागि नाम माग्दा समेत संघ संगठनहरुले नाम दिन नसकेको गुनासो गरेका छन् ।
उनले प्रदेशका आठवटै जिल्लाबाट दश दश जनाको नाम माग्दा समेत उपलब्ध नभएको भन्दै आक्रोस व्यक्त गरेका छन् । प्रदेश सरकारले प्रत्येक आर्थिक वर्षमा हरेक पालिकाबाट वर्षमा दुई पटक चरण चरणमा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने योजना रहेको बताए ।
कार्यक्रममा उपस्थित जयेष्ठ नागरिकहरु ज्येष्ठ नागरिक छनौटमा विभेद हुने गरेको भन्दै आक्रोस व्यक्त गरेका थिए । कार्यक्रममा जयेष्ठ नागरिकहरु सहितको उपस्थिती थियो ।





