एसपी रिपोर्टर
जनकपुरधाम, माघ १० : मधेश प्रदेशक भौतीक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले जनकपुरधाममा बौद्विक मन्थन हुन छाडेको बताएका छन् । जनकपुरधामको श्री रामानन्दीय श्री बैष्णव संघको आयोजनामा रामानन्दचौकमा सप्ताहव्यापी आयोजित रामानन्द जयन्ती महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले राजर्षि राजा जनकको प्राचिन राजधानी जनकपुरधाममा हुनु पर्ने बौद्विकता र बौद्विक चिन्तनमा एकदमै कमी आएको बताएका छन् ।

मन्त्री यादवले आफु कार्यक्रममा आएर रामानन्द स्वामीको विषयमा धेरै ज्ञान प्राप्त हुने विश्वासका साथ आएपनि मञ्चमा केहि नसुनिएको बताउदै जनकपुरधाममा बिद्वताको प्रदर्शन शुन्य जस्तै भएको बताए ।

रामानन्दचौकमा पण्डालको निर्माण गरि सप्ताहव्यापी अध्यात्मिक र धार्मिक भजन, किर्तन, आराधना, प्रवचन सहितका कार्यक्रमहरु सहित श्री मद्ध जगद्गुरु श्री रामानन्द स्वामी भगवानको जयन्ती महोत्सवको समापन भएको र भोली देखि तिन दिवसीय दुधमती महोत्सवको आयोजना हुने श्री रामानन्दीय श्री बैष्णव संघका अध्यक्ष तथा श्री जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले बताए ।





