एसपी रिपोर्टर
जनकपुरधाम, माघ ५ : चिसो हावा र शितलहरका कारण सर्वसाधारणको जनजिवन प्रभावित हुन थालेपछि जनकपुरधाम उद्योग बाणिज्य संघले जनकपुरधाम उपमहानगरपालिकाको मुख्य मुख्य चौकमा आगो ताप्ने व्यवस्था गरेको छ । उपमहानगरवासी तथा काम विशेषले जनकपुरधाम आउने सर्वसाधारणलाई चिसोबाट जोगाउन सार्वजनिक स्थानमा आगो ताप्नका लागि वाणिज्य संघले दाउरा तथा ड्रमको व्यवस्थापन गरिदिएको छ ।
जिल्ला बन कार्यलय सँग समवन्य गरी संघले ल्याएको दाउरा ड्रमको अगेनामा राखि जनकपुरको मिल्स एरिया, भानु चौक, शिव चौक, जनक चौक, रामचौक, रामानन्द चौक सहितको स्थानमा राखेर आगोको व्यस्था गरिएको संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी गराएका छन् ।

बढ्दो शितलहरबाट सर्वसाधारणलाई बचाउन समाजिक कार्यक्रम अनुसार सो व्यवस्थापन गरिएको महासेठले बताए । दाउरा संकलन गरी संघले चौक चौकमा आगो ताप्ने व्यवस्थापन गरिएको र शितलहर रहेसम्म दाउरा वितरण कार्यलाई निरन्तरता दिने अध्यक्ष महासेठले बताए । चौक चौकमा धुनी बाल्ने गरी व्यवस्थापन गर्न संघका पदाधिकारीहरुलाई जिम्मा लगाएको उनको तर्क छ । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष मनिष रामन साह, उपाध्यक्ष अम्भु साह, सचिव फुलदेव पण्डित, कोषाध्यक्ष परमेश्वर साह सहित संघका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।





