एसपी रिपोर्टर
जनकपुरधाम, माघ ४ : रोटरी क्लव जनकपुरधामले जनकपुरधाम स्थित कन्या माविलाई शौचालय तथा खानेपानी हस्तान्तरण गरेको छ । छोरी शिक्षालाई प्राथमिकतामा राखेर जनकपुरधाम स्थित श्री सकल भवन कन्या माविलाई कुल १२ लाखको लागतमा निर्माण शौचालय र खानेपानी निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरिएको रोटरी क्लव अफ जनकपुरधामका अध्यक्ष विजय कुमार झुनझुनवालाले बताए ।

हस्तान्तरण कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले बिश्वमा ४६ हजार भन्दा बढी शाखा र १ करोड १२ लाख भन्दा बढि स्वयमसेवक रहेको क्लवले शिक्षा, स्वास्थ्य तथा सरसफाईमा पुरयाउदै आएको योगदानको प्रशंसा गरेका छन् ।
शौचालय तथा खानेपानी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्ष रामचन्द्र साहलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा विद्यालयका प्र.अ. मोदनाराण राउत सहितको उपस्थिती थियो ।


