एसपी रिपोर्टर
जनकपुरधाम, पुष १४ : जनकपुरधाम स्थित राजर्षिजनक बिश्वविद्यालयका क्याम्पस प्रमुखलाइ विद्यार्थीले कार्यकक्षमै थुनेका छन् । जनकपुरधामको वडा नं. ८ रामानन्दचौक स्थित विश्वविद्यालय क्याम्पसका विद्यार्थीहरु क्याम्पस चिफ बिनोद कुमार कर्णलाई क्याम्पस भित्रै चुनेको हो । बिएससी सिएसआइटी तेस्रो वर्षमा अध्यन्नरत पाँचौ सेमेष्टरका विद्यार्थीहरुले क्याम्पस चिफ कर्णलाई थुनेको हो ।
विद्यार्थीहरुले शैक्षिक भ्रमणका साथै सफटवेयर, नेटवर्क, डाटा सेन्टर, कम्यूनिकेशन सर्भर, प्रोग्रामिङ्गका लागि क्याम्पससंग बजेट मांग गरेको थियो । तर सो शिर्षकमा कुनै पनि बजेट नहुँदा क्याम्पस प्रमुख कर्ण र विद्यार्थीहरु सहित विज्ञान तथा प्रविधी संकायका डिन प्रा.डा.श्याम किशोर महतोसंग सहयोग मागेका थिए ।
महतोले सो प्रयोजनका लागि पुुष १२ गते बैंकमा रहेको खातामा ९० हजारको चेक जम्मा गरेको तर बैंकको खाता नै बन्द रहेको पाइएपछि विद्यार्थीहरु आन्दालित भएका हुन । विद्यार्थीहरुले क्याम्पस प्रशासनको लापरवाहीका कारण आफुहरुको भविष्य अन्यौलमा परेको बताउदै बाध्य भएर आन्दोलित हुन परेको बताए ।
इन्युजब्यूरोबाट





