एसपी रिपोर्टर
जनकपुरधाम, पुष ६ : कांग्रेसका नेताहरु तथा बुद्विजिवीहरुले विकास पुरुष तथा नेपाली कांग्रेसका स्व. नेता रामनारायण मिश्रको स्मरण गर्नुका साथै उनको योगदानको चर्चा परिचर्चा गरेका छन् । कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनकै माहोलमा जनकपुरधाममा मंगलबार स्वर्गीय मिश्रको ५४ औँ पुण्यतिथिमा भएको श्रद्धाञ्जलीसभामा नेताहरुले स्व. मिश्र सहितका नेताहरुले देखाएको मार्गमा हिन्न नसकेकै कारण कांग्रेस पछाडि परेको बताए ।
स्व. मिश्र विपी कोइरालाको प्रधानमन्त्री कार्यकालमा उद्योग मन्त्री हुँदा जनकपुरधाम चुरोट कारखाना स्थापना गरि यस क्षेत्रको आर्थिक अवस्था र समाजिक रुपाणतरनमा अहम योगदान पुरयाएका थिए । जनकपुरधाममा आयोजित श्रद्धाञ्जलीसभामा सहभागी नेताहरूले स्वर्गीय मिश्रको योगदानको चर्चा गरैका थिए ।

कार्यक्रममा स्वर्गीय मिश्रका पुत्र तथा प्रदेश २ का प्रमुख हरिशंकर मिश्र, नेता विमलेन्द्र निधि, गृहमन्त्री बाल कृष्ण खाँण, नेता एनी साउद, रामहरि खतिवडा, वरिष्ठ पत्रकार राजेश्वर नेपाली लगायतका सहभागी भएका थिए । उनका सुपुत्र तथा प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले पिताको योगदान र अटल बिचारलाई यसरी स्मरण गरेका थिए ।
मिश्रले आफुलाई बुवाले कांग्रेस पार्टीमै बस्न र कहिल्यै नछोडन भनेको सुनाए । उनले पार्टीले बुवाको लागि केहि गर्न नसकेपनि सालमा एक चोटी आजकै दिन यस्ता कार्यक्रम गरेर स्मरण गर्ने काम गरेकोमा धन्यवाद दिए । राम नारायण मिश्र स्मारक समिति जनकपुरधामको आयोजनामा भएको कार्यक्रमा स्व. मिश्रको स्मारक निर्माणमा भइरहेको ढिलाई प्रति पनि असन्तुष्टी व्यक्त गरिएको छ ।

महोत्तरीका स्वर्गीय मिश्र २०१५ सालमा पहिलो जननिर्वाचित बीपी कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बन्नुभएको थियो । २०१७ सालमा पुष १ गते बहुदलीय संसदीय व्यवस्था खोसेका तत्कालीन राजा महेन्द्रले मिश्रलाई लामो समयसम्म जेलमा राखेका थिए । मिश्रको २०२७ साल पुष ६ गते निधन भएको थियो । मिश्र प्रजातान्त्रिक आन्दोलनका निष्ठावान व्यक्तिका रूपमा मानिनुहुन्छ ।


