एसपी रिपोर्टर
जनकपुरधाम, पुष ४ :
जनकपुरधाममा निर्वाचन प्रणाली कसरी सुधार गर्ने विषयमा गहन छलफल भएको छ । छलफलमा सहभागीहरु मध्ये कतिपयले स्थानिय तहमा गैरदलिय चुनावको मांग गरे भने कतिपयले महिला, दलित सहित पिछडिएका वर्गका लागि वडा देखि संसद सम्म सुरक्षित क्षेत्र मांगे ।

आइतवार निति अनुसन्धान प्रतिष्ठानको आयोजना, निर्वाचन आयोगको नेपालको समन्वय र नेपाल ल क्याम्पसको सहकार्यमा जनकपुरधाममा आयोजित निर्वाचन प्रणाली सुधार विषयक संवाद कार्यक्रममा सहभागीहरुले निर्वाचन आयोग नै निश्पक्ष नभएकाले निश्पक्ष निर्वाचन हुन नसकिरहेको आरोप लगाए । निर्वाचनमा हुने गरेको धाँधली, किनबेचको काम र आचारसंहिता उलंघनका घटना रोक्न त के देख्न समेत नसक्ने आयोगकै कारण निर्वाचन निश्पक्ष नभई महङ्गो भइरहेको आरोप लागेको छ ।

सहभागी प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले समेत स्थानिय तह जनता र समाजको नजिकको सरकार रहेकाले स्थानिय तहको निर्वाचनमा दलिय चुनावको अन्तय हुनुपर्ने मांग राखे । स्थानिय तहको निर्वाचन र्निदलिय हुनुपर्ने मांग सहभागी अधिकांशको थियो । मन्त्री साहले निर्वाचनमा आयोग प्रतिको विश्वास र निश्पक्षतामा ह्रास आएकाले त्यसमा सुधार गनुपर्ने बताए ।

प्रदेश २ का अर्का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सत्रुधन महतोले आफुहरु न चाहदा नचाहदै पनि चुनावमा अत्याधिक पैसाको प्रयोग गर्नुपरेको र त्यसमा आयोग र कानुनको लापरवाही रहेको आरोप लगाए । प्रदेश सांसदहरुले महिला र दलित सहितका पिछडएका वर्गका लागि वडा देखि क्षेत्र सम्म सुरक्षित गरि उनीहरुकै वर्ग विच प्रतिस्पर्धाको वातावरण मिलाइदिन पर्ने देखि निर्वाचन आयोगको लापरवाही र कमजोरीकै कारण भइरहेको गलत क्रियाकलाप रोक्न ठोस निति ल्याउनु पर्ने मांग गरेका छन् । अगामि चैतमा स्थानिय तहको निर्वाचन हुने चर्चा संगै देशमा चुनावी चर्चा र वहस थालिएको छ ।

संवाद कार्यक्रममा निर्वाचन आयोगका पुर्व आयुक्त निलकण्ठ उप्रेती, निति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. विश्नुराज उप्रेती र डा. मुक्ती रिजाल, आयोग प्रदेश २ कार्यालय प्रमख पुष्पा झा सहित आयोगका विभिन्न तहका पदाधिकारीहरु, ल क्याम्पसका प्रतिनिधी सहितको उपस्थिती थियो । नेपालको निर्वाचन महङ्गो भएकाले इमान्दार र राम्राहरु पैसा र पावरकै अभावमा टिकटबाट बञ्चित हुने देखि चुनाव जित्न नसक्ने स्थिती रहेकाले निर्वाचन प्रणाली व्यापक सुधारको माग हुदै आएपनि दलहरुको लापरवाही र गलत राजनितिका कारण परिवर्तण हुन नसकेको गुनासो सवत्र छ ।