एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १६ :
जनकपुरधाममा विवाहपञ्चमीको अवसरमा जानकी लिला हुने भएको छ । विवाहपञ्चमीमा सीतालाई एक योद्वाका रूपमा प्रस्तुत गर्न आफूहरूले ‘सीता एक योद्वा’ नामक जानकी लिला गर्न लागेको बिहीबार भएको पत्रकार सम्मेलनमा आयोजक एलान इभेन्ट संस्थाले जनाएको छ ।

रामलिलामा भगवान रामको चरित्र, व्यक्तित्व, महिमा र शक्ति दर्साइन्छ । तर, सीताले शिव धनुष उठाएकोलगायत उहाँका शक्तिका विषयहरूको पनि चर्चा हुनुपर्ने भएकाले यो कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।

रावणको बध कालीको रूपमा सीताले गरेको प्रसंग वाल्मिकी रामायणमा रहेको बताउँदै उनीहरूले सीताको शक्तिका विषयमा थप जानकारी र प्रचार प्रसारका लागि यो कार्यक्रम गर्न चाहेको पनि बताएका छन् । आउँदो शनिवार साँझ साढे पाँच बजे जानकी मन्दिर प्राङ्गणमा कार्यक्रम हुनेसमेत जानकारी दिइएको छ ।