एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १३ : श्री जानकी आखाँ अस्पतालको आयोजना तथा नेपाल भारत खुला सिमा संबाद समूह र क्लोथ बैक नेपालको सह आयोजनमा धनुषाको विभिन्न स्थानमा निशुल्क स्वास्थ्य सम्पन्न भएको छ । पहिलो चरणमा विदेह नगरपालिकाको गोवराहीमा आयोजित निशुल्क आँखा उपचार शिविरमा २ सय ८ जनाले उपचार गराएका थिए भने दोस्रो चरणमा धनुषाको धनौजीमा भएको निशुल्क स्वास्थ्य शिविरमा २ सय २४ जनाले उपचार गराएका छन् ।

स्वास्थ्य शिविर भने समुह र बैंकको आयोजनामा भएको थियो । तेस्रो चरणमा धनुषाको नगराइन नगरपालिकाको गंगुलीमा सोमवार भएको निशुल्क आँखा शिविरमा १ सय ४६ जनाले सेवा लिएको आयोजक बैंक तथा समुहका अध्यक्ष राजिव झाले बताए । धनौजीमा भएको स्वास्थ्य शिविरमा निशुल्क उपचारका साथै समान्य औषधी र परामर्श दिइएको थियो भने गोवराही र गंगुलीमा भएको आँखा शिविरमा निशुल्क औषधीका साथै आवश्यक परेकालाई जनकपुरधाममा निशुल्क शाल्यक्रिया, आउने जाने खाने र बस्ने सुविधा समेत व्यवस्था गरिएको थियो ।

आँखा शिविरका क्रममा मोतिया बिन्दुको शिकार भएका विरामीहरुलाई श्री जानकी आँखा अस्पतालले सो सुविधाहरु प्रदान गरेको छ । आइतवार आयोजित शिविरमा लोसपाका युवा नेता तथा जिसस धनुषाका उपप्रमुख दिपक झा, नेता राजु चौधरी सहित चिकित्सक, नर्श र बैंक तथा समुहका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।






