एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ११ :
संघिय सरकारकी शिक्षा विज्ञान तथा प्रविधि राज्य मन्त्री बोधमाया यादवले प्रदेश २ को सरकार प्रदेश २ को सञ्चार तथा शिक्षा क्षेत्र विकासका लागि प्रतिवद्व हुनु पर्ने बताएकी छन् । प्रेस सेन्टर नेपाल प्रदेश २ को अधिवेशनको समुदघाटन समारोहलाई सम्बोधन गर्दै राज्य मन्त्री साहले प्रदेश २ र देशको विकासका लागि प्रदेश २ का सबै तहतप्काको समन्वय र आपसी सदभाव आवयश्क रहेका बताइन ।

सोहि कार्यक्रममा प्रदेश २ का आन्तिरक मामिला तथा सञ्चार मन्त्री भरत साहले प्रदेश २ सरकार अव गठबन्धनको साँझा बिन्दुबाट सञ्चालन हुने बताएका छन् । साहले विगतका सरकारहरुबाट त्रुटीहरु भएकाले त्यसलाई सच्चाएर चारदलिय प्रादेशिक गठबन्धनको साँझा बिन्दु कोरेर प्रदेश २ सरकार अगाडि बढने बताएका छन् ।

मन्त्री साहले प्रदेश २ मा राजनितिक त्रुटीहरु रहेको भएपनि कर्मचारी तन्त्र समेत अस्तव्यस्त रहेकाले जनताको पक्षमा काम गर्न अप्ठेराहरु भएको बताए । मन्त्री साह सञ्चार क्षेत्र संग सम्बन्धित सम्पुर्ण यस अघिका गलत काम र त्रुटीहरुलाई सच्चाउन आफु लागि परेको बताए । अधिवेशनबाट पुनः किरण कर्णको अध्यक्षतामा सेन्टरको प्रदेश २ समिति चयन गरिएको छ ।