एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ३ : कात्र्तिक पूर्णिमाका दिन कमला नदीमा स्नान गर्नेहरुको भिडभाड लाग्छ । कार्तिक पुर्णिमाको दिन यस नदीमा स्नान गरे तन्त्रमन्त्र सिद्धहुने भएकाले हजारौंको संख्यामा धामीझाक्री मन्त्री सिद्धी गर्न धनुषा र सिरहा जिल्लाको सिमा जोड्ने पवित्र नदी कमला पुग्ने गर्छन ।
कात्र्तिक पूर्णिमाका दिन शुक्रवार कात्तिक स्नानका लागि कमला नदीमा भक्तजनको भीडभाड लागेको छ । हजारौंको संख्यामा धामीझाक्री मन्त्री सिद्धी गर्न धनुषा र सिरहा जिल्लाको सिमा जोड्ने पवित्र नदी कमला पुगेका छन् । “हाई हुई” गर्दै भुत खेलाउँदै धामी झाँक्रीहरु सहित लाग्ने गरेको मिथिलाञ्चल क्षेत्रका एक चर्चित भुत मेलाको अवसरमा शुक्रवार लाखौ लाख भतmजनले कमला नदीमा स्नान गरी पुजा अर्चना गरेका छन् ।

नदिको दुबै किनारमा भक्तजनको भिडले खचाखच भरिएको देखिन्छ । कात्तिक स्नान गरे मनमा शान्ति, घरपरिवार सुखी, देवीदेवताले रक्षा गर्ने, भूतप्रेत लागेको व्यक्ति ठिक हुने र दुखकष्ट कमलामै बग्ने मान्यता रहेकाले समेत लाखौं सर्वसधारणहरु समेत कमला स्नानका लागि लालायित हुन्छन । कार्तिक पुर्णिमाका दिन कमला स्नान गर्नाले प्रत्येक जुनीमा गरेका पाप नष्ट हुनुको साथै मानव पुण्यको भागी बन्ने र भुतको आक्रमणबाट समेत बच्न सकिने जनविश्वास रहिआएकोले पनि यस मेलामा व्यापक जन सहभागिता रहने गरेको यस क्षेत्रका वृद्धवृद्धाहरुको भनाइ छ
कमला नदीको राम, सिता, मुरिबा, चिकना भोकराहा, इनर्वा, भारतको जयनगर सहितका विभिन्न घाटहरुमा मेला समेत लाग्ने गरेको छ । कार्तिक पुर्णिमाको दिन यस नदीमा स्नान गरे तन्त्रमन्त्र सिद्धहुने जनविश्वास रहेकाले महोत्तरी, धनुषा, सिरहा तथा भारतको समेत विभिन्न प्रान्तबाट आउने भतmजनको यहाँ भिडभाड लाग्ने गर्दछ । स्नान गर्नको लागि कमला ब्यारेज सहित कमला नदीमा पुगेकाहरु वर्षमा एक पटक कमलामा स्नान गरिए भुतको शतिm ह्रास हुने भएकाले प्रत्येक वर्ष यहाँ आउने गरेको बताउछन । यसक्षेत्रका स्थानियहरु विभिन्न प्रयोजनले भाकल गरेका खसी, पाठी, बोका पनि आजैका दिनलाई शुभ मानि बलि दिने गरेका छन ।

मेलामा धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी सहित भारत(विहार)को जयनगर, मधुवनी, दरभँगा, सितामढी आदी ठाउँका भतmजनहरु यहाँ आउने गरेका छन । दुई दिन पहिलादेखि नै भतmजनहरु यहाँ आइ पुुग्ने गरेको र उनिहरु कमला किनारमा रहेको वालुवामा प्लास्टीकको टहरा बनाइ बस्ने गरेको नदी छेउकै गाँउ पठेर्वाका स्थानियहरु बताउछन । कमला किनारमा बस्नेहरुमध्ये अधिकाँश यात्रुहरु आफैले भोजन बनाई खाने गरको सहजै देख्न सकिन्छ । कमला नदिको किनार मध्ये सिरहाको बन्दीपुर, धनुषाको मरेवा, ढोलबज्जाको सिता घाट, चिक्ना, रामघाट आदीमा ठुलो मेला तथा सांस्कृतिक कार्यक्रम हुने गरेको छ । साथै सिन्धुली जिल्लामा पर्ने कमला घाटहरुमा स्नान गर्नका लागि पैदल तथा विभिन्न सवारी साधनमा श्रद्धालुहरूको घुइचो लाग्ने गरेको छ ।

कमला नदीमा पहेलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी झाँक्रीहरु हातमा वेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउदै विहिवार राती नै नदी किनारमा पुगेका थिए । मादल, करताल र झाईल जस्ता विभिन्न वाद्यको धुनमा लोक भाका (महराई) गाउदै सिद्धिलाई स्थायित्व दिन नदीमा नुहाउने चलन छ । विशेष सहभागिता रह्ने गरेको यस मेलालाई भूत मेलाको नामले समेत चिनिन्छ ।






