एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २ : कमला नदीको संरक्षण सम्वद्वर्नका लागि विगत तिन वर्ष देखि जारी कमला बचाउ अभियानले आफनो तेस्रो वार्षिकोत्सव मनाएको छ । समुदघाटन तथा अन्तरक्रिया तथा सम्मान तथा समापन गरि दुई चरणमा आयोजित तेस्रो वार्षिकोत्सव कार्यक्रममा वक्ताहरुले कमला बचाउने अभियान एक नदीका लागि मात्र नभई धार्मिक, सांस्कृतीक महत्वको धरोहरका साथै स्थानियको जिवन र समाज समेत बचाउनु भएकाले राज्यको ठोस निति समेत आउनु आवयश्क रहेको बताए ।

पहिलो कार्यक्रम समुदघाटन तथा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि योजना आयोगका पुर्व उपाध्यक्ष दुर्गेशमान सिंहले कमला बचाउन अभियानीहरुले थालेको पहल र सक्रियतालाई राज्यले सम्मान गर्दै आफनो समेत सामित्वता जोडनु पर्ने बताए । सम्मान तथा समापन कार्यक्रमकी प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधी राज्यमन्त्री बोधमाया यादवले कमला बचाउन नेपाल र भारत दुवै देशका सरकार बिच साँझा अवधारणा र निति आवयश्क रहेको बताइन् ।

कार्यक्रममा धनुषा र सिरहा जिल्लाका सिडिओद्वय क्रमश बन्धु प्रसाद बास्तोला र प्रदिप राज कणेल, गणेशमान चारनाथ नगरपालिकाकी कार्यवाहक मेयर मिना यादव, शहिद नगरपालिकाका मेयर उदय यादव बरबरिया, सिरहाका मेयर अशेश्वर यादव, पानी सदुपयोग फाउन्डेशनका कार्यकारी निर्देशक चिरञ्जिवी भट्टराई, भारत निम पिपल तुल्सी अभियानी डा.धर्वेन्द्र कुमार, नमामी गंगे मेरठ उतर प्रदेशका डा. विजय पण्डित, गाँधी विचारक तथा प्रयावरण अभियन्ता मनोहर मानव, नदी संरक्षण अभियन्ता भुमिका थापा, त्रिशुली नदी संरक्षण अभियन्ता, ट्रि म्यान फरम इन्डिया सुजित कुमार, भारतका वरिष्ठ पत्रकार शंकर यादव, टिभी ९ भारत वर्षका पत्रकार हिरेण पासवान,अभियानका संयोजक विक्रम यादव, सचिव विनोद महरा, धनुषाका पत्रकारहरु सहितको उपस्थिती थियो ।

कार्यक्रमको व्यवस्थापन गणेशमान चारनाथ नगरपालिकाले गरेको छ । समारोहका बिच प्रमुख अतिथि, अतिथिहरु, धनुषाका सञ्चारकर्मीहरु सहितका लाई सम्मान गरिएको थियो ।





