एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ३० :
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले भारत विहारको बेनीपट्टीमा ३७ औं विद्यापती स्मृती पर्वको समुदघाटन गर्दै कविकोकिल विद्यापतीको कर्म र रचनाले एतिहाँसिक नेपाल भारतको धार्मिक, सांस्कृतीक र पारिवारिक सम्बन्धलाई स्थापित र प्रगाढ बनाएको बताएका छन् । मिथिलाञ्चल सर्वाङ्गीक विकास समिति बेनीपट्टी विहारको आयोजनामा भएको समारोहलाई सम्बोधन गर्दै नेपाल सरकारका पुर्व उपप्रधान मन्त्री महतोले मातृभाषा मैथिली र सम्पर्क भाषा हिन्दीको विकासका लागि नेपालका संर्घष चलिरहेको बताएका थिए ।

महतोले भने, ‘नेपाल र भारतलाई समेत एक सुत्रमा बाँधने एतिहाँसिक मिथिलाक्षेत्रको विकास दुवै देशको समान चासोको विषय हुनुपर्दछ ।’ महतोले मैथिली भाषा र यसका अभियानीहरुले नेपाल र भारतमा चलाइरहेको अभियानले मातृभाषा विकासका लागि कोसेढुङ्गा सावित भइरहेको भन्दै आभार व्यक्त गरेका छन् । आफुहरु अधिकार र पहिचानका साथै भाषा र संस्कृतीको विकास र स्थायित्वका लागि समेत सर्घष चलाईरहेको उनको भनाई थियो ।

कार्यक्रममा समारोहका अध्यक्ष समेत रहेका विहार सरकारका पुर्व मन्त्री तथा वर्तमान बेनीपट्टी प्रखण्डका विद्यायक विनोद नारायण झाले मैथिली भाषा र मिथिलाञ्चल क्षेत्रको सर्वाङ्गीक विकासका लागि दुवै तर्फका विज्ञ सम्मिलत समितिको आवयश्कतामा जोड दिएका छन् । बिश्वको कुनै पनि भुभागमा एउटै संस्कृती र भाषा र पहिचानको समुदाय दुई देशमा बाँडिएर पनि यसरी मिलेर बसेको उदाहरण आफुहरुलाई थाहा नभएको उनको तर्क थियो । कार्यक्रममा दरगंगा स्थित संस्कृत विश्वविद्यालयका कुलपती डा. शशीनाथ झा मैथिली साहित्यकार उदयचन्द्र झा विनोद, विभुत आनन्द जी र चन्द्रमणी सहित मैथिली अभियानी र विज्ञहरुको सहभागिता रहेको थियो ।

लोसपा नेता झालाई ‘मिथिला गौरव’ सम्मान

सो समारोहका बिच लोसपाका कार्यकारिणी समितिका सदस्य राजिव झालाई ‘मिथिला गौरव’ सम्मान प्रदान गरिएको छ । मिथिला र मिथिलाञ्चल क्षेत्रका लागि सदैव तत्पर र दुई देशका अभियानीहरुको सेतुको काम गरेको भन्दै झालाई सो सम्मान प्रदान गरिएको छ । पुर्व उपप्रधानमन्त्री महतो र विहारका पुर्व मन्त्री झा तथा डा. शशीनाथ झाले सामुहिक रुपमा नेता झालाई सो सम्मान प्रदान गरेका थिए । नेता झा भुमिगत जिवनका क्रममा पाँच वर्ष बेनीपट्टीमै बस्दा समेत दुवै देशको मिथिलाक्षेत्रका लागि समन्वयकारी भुमिका खेलेका थिए ।

समारोहका बिच मिथिला र मैथिली भाषा साहित्य तथा संस्कृतीका लागि आ–आफनो तर्फबाट सक्रिय भुमिका निर्वाह गरेको भन्दै पाँचजनालाई मिथिला शिखर सम्मान १ जनालाई मिथिला विभुती र १० जनालाई मिथिला गौरव सम्मान प्रदान गरिएको छ । सो अवसरमा सहभागिहरुले आदीकवी कविकोकिल विद्यापतीको योगदान र गरिमाका विषयमा चर्चा परिचर्चा गर्नुका साथै उहाँप्रति श्रद्धासुमन अपर्र्ण गरेका थिए ।