एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २३ :
जनकपुरधामको सरोबरहरुमा अर्घहरु सहित ब्रतालुका परिवारजन पुग्न थालेका छन् । एसपी खवरका संवाददाता संजय साहका अनुसार जनकपुरधामको गंगासागर, धनुष सागर सहितका सरोबरहरुमा अहिले देखिनै ब्रतालुका परिवारजनहरु पुजा समाग्री लिएर धमाधम पुग्न थालेका छन् ।

यस अघि षष्ठी तिथिका दिन अस्ताउँदो सुर्यलाई अर्घ दिने दिनको विहानै देखि पुजाका सरसमान सहित पुग्ने गरेको भएपनि यस वर्ष खरनाकै दिन जनकपुरधामको सरोबरका घाटहरुमा ब्रतालुका परिवारजन पुजाका प्रसादहरु लिएर पुग्न थालेका हुन । प्रस्तुत छ खरनाको दिन मंगलवार राती ९ बजे खिचिएका गंगासागर र धनुषसागर घाटका केहि दृश्यहरु ।