एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २२ : जनकपुरधामका समाजसेवी बलराम महतोले श्री रामजानकी सुडी कुट्टीको संरक्षणमा आफू प्रतिबद्ध रहेको बताएका छन् । छठ पर्वको अवसरमा सोमबार कुट्टीका संरक्षक समिति सदस्य एवम् सञ्चालक समितिका पदाधिकारी र सदस्यहरूबीचको शुभकामना आदानप्रदान कार्यक्रममा समाजसेवी महतोले सुडी कुट्टीको विकास र संरक्षणमा प्रतिबद्ध रहेको बताएका हुन ।

उनले कुट्टीको संरक्षण र सम्बद्र्धनका लागि आवश्यक श्रोत जुटाउने काममा कुनै कमि हुन नदिने पनि बचन दिएका छन् । कुट्टीका प्रमुख संरक्षकसमेत रहेका समाजसेवी महतोले केही दिनअघि कुट्टी परिसरमा शौचालयको शिलान्यास गरिएको भन्दै निर्माण कामले गति पाउने बताए ।

कार्यक्रममा कुट्टीका अध्यक्ष रतन पूर्वेले कोरोनाका कारण सोचेअनुसारको काम हुन नसकेको भन्दै अब कुट्टीको विकास र संरक्षणको कार्यलाई तीब्रता दिने बताए । कार्यक्रमका सहभागीहरूले एकअर्कालाई छठ पर्वको शुभकामना दिएका थिए ।
भेलाले प्रमुख संरक्षकको जिम्मेवारी पुनः चार वर्षका लागि महतोलाई नै दिइएको छ । आफनो कार्यकाल पुरा भएकाले नयाँ पुस्तालाई जिम्मेवारी दिन महतोले चाहेपनि भेलाले महतोलाई नै थप चार वर्षका लागि प्रमुख संरक्षक तोकेको हो ।कार्यक्रममा विभिन्न क्षेत्रका अगुवा सुडी समुदायका व्यक्तिहरुको सहभागिता रहेको थियो ।





