एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २२ :
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष शिवकुमार साहले वडावासीलाई छठपुजा समाग्री तथा वस्त्र वितरण गरेका छन् । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडा अध्यक्ष साहले अभाव भएकाहरुलाई छठपुजामा कुनै पनि समस्या नहोस भन्ने उद्देश्यले आफनो व्यक्तिगत लगानीमा सारी, साया, बलाउज सहित कपडाका साथै, अगरवती र नगद पाँचसय पाँच रुपैया सहयोग स्वरुप वितरण गरेको बताए ।

उनले करिव एक हजार ब्रतालुलाई सो सरसमान व्यक्तिगत लगानीमा वितरण गर्न लागेको बताए । आज वडा अध्यक्ष शिव कुमार साह तथा वडाकी ९५ वर्षिय वृद्वा ज्येष्ठ नागरिक शैलेष देवी कर्णको प्रमुख आतिथ्यमा वडाका ब्रतालु महिलालाई ५०५ रुपैया,साडी, साया,अगरबत्ती लगायतका पुजा सामग्री वितरण गरेका हुन । गरिव,दलित, विपन्नलाई लगायत १ हजारलाई वितरण गरेका छन् । कार्यक्रममा गणेश युवा कमिटीका अध्यक्ष सन्तोष महतो, पुर्व अध्यक्ष संतोष साह लगायतको उपस्थिति रहेको थियो ।

एता जनकपुरधाम उपमहानगरपालिकाकाका निर्माण व्यवसायी दिपेन्द्र ठाकुरले समेत वडा नं. १३ का गरिव विपन्नहरुलाई छठपुजाका लागि बस्त्र, पुजा समाग्री तथा नगद पाँचसय सहयोग गरेका छन् । वडा अध्यक्ष, समाजसेवी तथा केहि भद्रभलादमीहरुका बिच समाजसेवी ठाकुरले करिव करिव दुई सयजनालाई सारी सहित बस्त्र, गहुँ, नरिवल सहितका पुजा समाग्री र पाँचसय नगद समेत सहयोग गरेका छन् ।