एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १९ : जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित श्री रामजानकी सुडी कुट्टीको पोखरी सौन्दर्यकरणमा लागेका कुट्टीले पोखरीको छेउमै सुविधाजनक डिलक्स शौचालय निर्माणको काम समेत थालेको छ । शुक्रवार एक समारोहका बिच कुट्टीका प्रमुख संरक्षक समाजसेवी बलराम महतोले शौचालय निर्माणको शिलान्यास गरेका छन् ।

कुट्टीका अध्यक्ष रतन पुर्वेले अथक मेहनत र प्रयास पछि जनकपुरधाम उपमहानगरपालिका र खानेपानी संस्थानको परियोजना अन्तर्गतबाट रु ४० लाखको लागतमा डिलक्स शौचालय बन्ने भएपछि यस्ले कुट्टीलाई मात्र नभई समाज, वाहिरी पर्यटक र सरसफाईमा समेत टेवा पुग्ने बताएका छन् । कार्यक्रममा कुट्टीका अन्य पदाधिकारीहरु, नेपाल तरुण दल जनकपुरधाम सभापति पंकज महतो, जनकपुरधाम उद्योग बाणिज्य संघका महासचिव मनोज कुमार साह सहित सुडी समुदायका अगुवाहरु, निर्माण व्यवसायीहरु सहितको सहभागिता थियो ।
कुट्टीले आफै लगानीमा कुट्टी अधिनस्त सो पोेखरीको चारैतर्फ घाट सहित समग्र सौन्दर्यकरणको कार्य समेत थालिसकेको छ । पोखरी सौन्दर्यकरण संगै छेउमै सार्वजानिक शौचालय बन्ने भएपछि सरसफाई र सौन्दर्यता समेत बढने स्थानियको विश्वास छ ।





