एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १७ :
जनकपुधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएपछि वडा अध्यक्ष आफ्नै प्रयासमा फोहोर व्यवस्थापनमा जुटेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष शधुत्रन साहले आफ्नो वडाका फोहोर उठाउन लगाएका छन् । नियमित फोहोर व्यवस्थापनको काम उपमहानगरपालिकाको भए पनि यसतर्फ ध्यान नदिएपछि आफूहरू सरसफाइमा जुटेको उनले बताए ।

सफाईकर्मी उपमहानगरपालिकाबाट उपलब्ध रहेकाहरुनै भएपनि वाँकी स्रोत र साधन वडा अध्यक्ष साहले आफै जोहो गरेका छन् । त्यसै गरि वडाका करिव एक सय पचिस बिजुलीको पोलहरुमा तिहारीमा बाल्ने झिलीमिली बत्ती समेत उनले आफनै लगानीमा बालेका छन् ।

दीपावलीको समयमा समेत उपमहानगरपालिकाले सरसफाइमा ध्यान नदिएको उहाँको गुनासो छ । यसअघि, फोहोर नउठाएको विरोधस्वरूप कात्तिक १४ गते जनकपुरधामका वडा अध्यक्षहरूले मेयर लालकिशोर साहको घर अगाडि फोहोर थुपारिदिएका थिए ।