एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १७ : जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित श्री रामजानकी सुडी कुट्टी अगाडिको पोखरी सौन्दर्यकरणमा वडा अध्यक्ष नै अवरोध गरिरहेको आरोप स्थानियहरुले लगाएका छन् । कुट्टीका अध्यक्ष रतन पुर्वेले अथक मेहनत र प्रयास पछि जनकपुरधाम उपमहानगरपालिका र खानेपानी संस्थानको परियोजना अन्तर्गतबाट रु ४० लाखको बजेट सहित पोखरी छेउमा डिलक्स शौचालय बनाउन समेतको योजना हात पारेपनि वडा अध्यक्षबाट असहयोग भइरहेको बताउछन् ।
जनकपुरधाम उपमहानगरपालिका र संस्थानको सो सहयोगमा पोखरी छेउमा शौचालय निर्माण भए समाज, पर्यटक र सवैको हितमा फाइदा हुने भएकाले आफुहरु सक्रियताका साथ लागिपरेको भएपनि वडा बाटै असहयोग भएको उनीहरुको गुनासो छ । कारण हामीलाई थाहा भएन उनले भने, ‘तर वडा अध्यक्ष जानकी राम साह भने यस कार्यमा प्रत्यक्ष अप्रत्यक्ष अवरोध गरिरहनु भएकै हो ।’ उहाँहरुको नगरप्रमुख संगको राजनितिक असमझदारी होला तर समाजिक काममा वडा अध्यक्षको साकारात्मक सहयोग आवश्यक रहेको उनको तर्क छ ।
कुट्टीकी उपाध्यक्ष सुश्मा राउतले पोखरी नभर्न आदालतले जारी गरेको अन्तिरम आदेशलाई सम्मान गर्दै आफुहरु सौन्दर्यकरणका लागि पोखरीको चारै तर्फको डिल निर्माण मात्र गरिरहँदा पनि वडा अध्यक्ष साहले अवरोध गरेको बताइन । आफुहरु जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय सहितका सम्बन्धित निकायहरुमा अवरोधको विषयमा जानकारी गराउँदा तत निकायबाट अवरोध नगर्ने निर्देशन सहितको पत्र वडा कार्यालयमा आइसकेको समेत पुर्वेले बताए । कुट्टीले आफनै लगानीमा पोखरीको सौन्दर्यकरणका लागि डिल निर्माण गरिरहेको छ भने छेउमा सार्वजानिक शौचालयका लागि सो बजेट ल्याउन पहलकमदी समेत लिएको छ ।
एता एसपी खवरसंगको कुराकानीमा वडा अध्यक्ष साहले आफुले कुनै पनि अवरोध नगरेको बताएका छन् । सो पोखरीको रक्षाका लागि आफु अदालत पुगेर मुद्दा दायर गर्दा पोखरी नर्भन सहितको आदेशले मुद्दा समेत जितेको स्मरण गराउदै वडा अध्यक्ष साहले सौन्र्यकरणको नाममा पोखरीको जमिन मासिन नहुने बताए । मैले बुधवारनै उपमहानगरपालिकालाई चिठ्ठी लेखेको छु, उनले भने, ‘अमिन पठाएर पोखरीको यर्थात डिल कति हुने भने पता लगाउन भनेको छु, पठाएन भने आफनै अमिन लगाएर डिलको मापदण्ड निर्धारण गर्छु ।’ पोखरीमा रहने गरेको पानी बमोजिमको भाग भने भर्न नदिने उनको अडान छ ।
कुट्टीका अध्यक्ष पुर्वेले भने कुट्टी अधिनस्त रहेको सो पोखरीको सौन्दर्यकरण कुट्टीको लगानीमा जनकपुरधाम उपमहानगरपालिकाको अनुमतीमै डिजाइन र नक्साको आवश्कता अनुसारको डिल निर्माण गरि भइरहेको दावी गरेका छन् । पोखरी कुट्टीको निजि सम्पती रहेकाले जलाशय र डिलको निर्धारण साइटको अवस्था अनुसार हुने भएकाले यस्मा कसैको महत्वकांक्षा र अवरोध अनुचित हुने उनको भनाई छ । कुट्टीको पहल र सक्रियतामा पोखरीको छेउमा डिलक्स शौचालय निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिका र खानेपानी संस्थानको आयोजनाबाट पहिलो चरणमा ४० लाख बजेट निकासा भएको बताइएको छ ।


