एसपी रिपोर्टर
सप्तरी, कार्तिक १६ : सप्तरीका पत्रकार सौरभ यादवले मुसहर बालबालिकासँग आफ्नो जन्मदिन मनाएका छन् । सप्तरीको बिष्णुपुर गाउँपालिका ६ स्थित गोरगामामा मंगलबार मुसहर बस्ती पुगेर उनले आफनो जन्मदिन मनाएका हुन् ।
सौरभले जन्मदिनको अबसरमा मुसहर बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्दै जन्मदिन मनाए । उनले दुई दर्जन बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरे । दलित बालबालिकासँग जन्मदिन मनाउन पाउँदा खुशी लागेको उनको भनाई छ । ‘जन्मदिनको अबसरमा धेरै खर्च गर्नुभन्दा शिक्षा क्षेत्रमा पछाडि परेका समुदायलाई प्रोत्साहन गर्ने उद्देश्यले दलित बस्तीमा जन्मोत्सव मनाउने निधो गरे’ उनले बताए ।
बस्तीका बालबालिकाले शैक्षिक सामाग्री पाउँदा उत्साहित थिए । पत्रकार सौरभको शुविचार देखेर समुदायका अगुवाहरु धन्यवाद दिए । उनीहरुले संचारकर्मी यादवलाई धन्यवाद दिदै बालबालिकाहरुलाई नियमित विद्यालय पठाउने प्रतिबद्धता जनाए । संचारकर्मी यादव एपिवन टेलिभिजन सप्तरी संवाददाताका रुपमा क्रियाशिल रहेका छन् ।





