एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १३ : नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष सिरहाका वरिष्ठ पत्रकार स्व. रामानन्द प्रसाद गुप्ता प्रति धनुषाका पत्रकारहरुले श्रद्धाञ्जली अर्पण गरेको छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभाहलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा धनुषाका पत्रकारहरुका अगुवाहरुका साथै पत्रकारहरुले स्व. वरिष्ठ पत्रकार गुप्ता प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै स्व. गुप्ताको पत्रकारितामा लगानीका विषयमा चर्चा परिचर्चा गर्दै स्मरण गरेका थिए ।

दशकौ दशक देखि पत्रकारितामा क्रियाशिल वरिष्ठ पत्रकार स्व. रामानन्द प्रसाद गुप्ता सिरहामा सर्वप्रथम पत्रिका प्रकाशन गरि समाज रुपान्तरणका लागि महत्वपुर्ण पत्रकारिताका लागि परिचित छन् । विरामी परेका ६० वर्षिय उनको केहि दिन पुर्व उपचारको क्रममा निधन भएको थियो ।





