एसपी रिपोर्टर
महोतरी, कार्तिक ९ :
महोतरी बल्वा नगरपालिकाका नगरवासीहरु मेयर विरुद्व चरणवद्व आन्दोलनमा उत्रेका छन् । स्थानिय ई.वसन्तराज साहको अगुवाईमा नगरवासीहरु विभिन्न सात बुँदे माग सहित धर्ना तथा शान्तिपुर्ण विरोध प्रदर्शन गरिरहेका छन् । यस अघि पटक पटक ति मांगहरु सहित ज्ञापन पत्र र तालाबन्दी गरेका उनीहरु बाध्य भएर धर्ना तथा शान्तिपुर्ण आन्दोलनमा उत्रन परेको बताउछन् ।

https://www.facebook.com/watch/?v=228979912553006

जनकपुरधामको होटल, पानपसल तथा आफनो घरर चोकचोकबाटै नगरपालिका चलाउने गरेका बल्वाका मेयर बिनोद यादवसंग पटक पटक सुचना माग्दा समेत अटेरी गरेको, नगरपालिकामा पटक्कै नबसि जनकपुरधामबाटै कार्यसम्पादन गर्ने गरेको, किसानहरुको मुआब्जा तथा बाढीपिडितहरुलाई राहत दिन कुनै चासो नदेखाएको, पाँच वर्ष बित्न लाग्दा समेत बजेट किताब सार्वजानिक गर्न नसकेको र लेखा परिक्षण तथा प्रतिवेदनमा व्यापक बेरुजु सहित भ्रष्टाचार गरेको भन्दै उनीहरु सो समस्या समाधानको मांग सहित धर्नामा बसेका हुन ।

उनीहरुले नगरपालिकामा भएको भ्रष्टाचारको छानबिनको मांग समेत गरेका छन् । विभिन्न सात बुँदे मांग सातदिनको अल्टिमेटम भित्र समाधान नभए पुनः कडा आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । उनीहरु मेयरविरुद्व जोडदार नारावाजी गरेका थिए । आफुहरु समस्या समाधानका लागि सञ्चारजगतलाई साक्षी राखेर वार्ता गर्न तयार समेत रहेको उनीहरुको भनाई छ ।