एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ८ :
गैरजिम्मेवारीको पनि सिमा हुन्छ । धनुषाको सबैलामा दशैंमा भब्य मेला लाग्छ । जनकपुरधाम पछि धनुषामा भब्य मेलाका साथ दशैं मनाइन्छ । तर सबैलामै पनि केहि युवाहरु दशैं नै मनाउन पाएन । नगरपालिकामा भएको भ्रष्टाचारको छानबिनका लागि अख्तियार र नगरपालिकासंग विभिन्न सुचना मांग गर्दै अनसन बसेका युवाहरुको दशै अनसन स्थलमै बितेको छ ।

तिहार आउन लागि सक्यो । तर सोमवार ३६ औं दिन पनी ति युवाहरु टेन्ट मुनीनै बस्न बाध्य भएका छन् । ३६ दिन सम्ममा पनि आफु विरुद्वको विरोध र अनसनलाई सम्बोधन गर्न नसक्नु नगर प्रमुख साहको असफलता र गैरजिम्मेवारीपन रहेको युवा अभियन्ता बिनोद महराको भनाई छ ।

निरन्तर अनसन चलिरहँदा पनि अनसन तोडाउन कुनै खासै पहल नभएको देखिन्छ । नगरपालिका मात्र होइन अनसन ग्रामिण क्षेत्रमा रहेकाले कुनै सम्बन्धित निकायलाई समेत अनसनबारे चासो छैन । भ्रष्टाचार विरुद्व जनजागरण अभियान भन्दै जसपाका युवा नेता पत्रकार सुरेश यादवको नेतृत्वमा स्थानिय युवाहरु र विभिन्न राजनितिक दलका युवाहरु समेतको सहभागितामा रिले अनसन भइरहेको छ ।

अनसनकारीहरु नगरपालिकामा भएको विभिन्न शिर्षकको शंकाष्पद काममा अनियमितता भएको भन्दै विभिन्न सुचना मांग गरेको र पटक पटकको तागेदा पछि पनि नपाएपछि अनसनमा उत्रेका हुन । नगरपालिकाका मेयर साहले भने अनसनकारीहरु कार्यालयमा आएर वार्ता गर्नुपर्ने र उपलब्ध हुन सक्ने सुचनाहरु आफु दिन तयार रहेको बताइरहेका छन भने अनसनकारीहरुले अनसन स्थलमै आएर मेयरले मांगहरु सम्बोधन गर्नुपर्ने अडान लिएका छन ।

अनसनमा कांग्रेसका मिथिला साह सहित विभिन्न दलका युवाहरु पनि सहभागी छ । अनसनकारीहरु ३६ औं दिनमा पनि आफुहरु अनसनरत रहेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका सम्बन्धित निकाय मौन भएर बस्नु दुःखद रहेको बताउछन । उनीहरुले अख्तियार र नगरपालिकाको सेटिङ्ग छ कि ? भन्ने आशंका व्यक्त गरेका छन ।

लोसपाका युवा नेता राज कुमार साह राजुले भ्रष्टाचार विरुद्वको अभियानलाई सकारात्मक रुपमा लिनुपर्ने बताउदै कोहि पनि आफनो कर्तव्यबाट बिमुख हुन नमिल्ने बताए । स्रोतका अनुसार मेयर साहले उल्टै बजारमा रहेको मञ्चमा आएर अनसन गर्ने सहितको टिप्पनी गरिरहेको सबैलाका एक नेताले बताए ।