एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ६ :
मुख्यमन्त्री लालबाबु राउतले मनको शान्ति, खुसी र आफुलाई चिन्ने क्षमता अभिवृद्विमा ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्रले कुशलता पुर्वक कार्य गरिरहेको भन्द्र प्रशंसा गरेका छन् । जनकपुरधामको मुजेलियामा नव निर्मित ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्रको भवन ॐ शान्ति मिथिला वाटिकाको समुदघाटन गर्दै मुख्यमन्त्री राउतले मानवमा शान्ति, अनुशासन, खुसी र आफैले आफुलाई चिन्न सक्ने कला अभिवृद्विमा ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्रको भुमिका प्रशंसनिय रहेको बताए ।

प्रदेश २ सांसद परमेश्वर साह र रामअशिष यादवले पनि समाजमा हत्या, हिसां र अराजकताबाट मुक्तीका लागि ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्र जस्ता अध्यात्मिक सेवा केन्द्रहरुको अभियान र कार्य मानव समुदायका लागि अनुकरनिय हुनुपर्ने बताए । जनकपुरधामका पुर्व मेयर बजरंग प्रसाद साहले ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्रको भब्य र सुन्दर भवन ॐ शान्ति मिथिला वाटिकाको निर्माणको मुख्य आधार करिव पाँच कठठा जमिन दान गर्ने दाता परिवार जनकपुरधामका चर्चित व्यवसायी बिश्वनाथ प्रसाद साह र उनकी धर्मपत्नी सुजाता देवी साहको उच्च प्रशंसा गर्दै उहाँहरुको योगदान र अमुल्य दानले जनकपुरधाममा अनुशासित र शभ्य चरित्र निर्माण गर्ने ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्रको स्थापना साथर्क भएको बताएका छन् ।

मानवको शुयोग्य चरित्र निर्माणमा क्रियाशिल ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्रलाई युएनले पटक पटक सम्मानीत गरेको छ । ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्रकी नेपाल प्रमुख राजयोगकी वरिष्ठ राजदादी र मुख्यमन्त्री लालबाबु राउतले ॐ शान्ति मिथिला वाटिको समुदघाटन गर्दै दाता परिवार बिश्वनाथ प्रसाद साह र उनकी धर्मपत्नी सुजाता देवी साहलाई सम्मानीत समेत गरिएको छ ।

पाँच कठठ् जग्गा दाता साह दम्पती

साह दाम्पतीले करिव पाँच करोडको पाँच कठठ जग्गा ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्रका लागि दान दिएका छन् । साह दम्पती अप्पन टेलिभिजनका सञ्चालक समिति सदस्य समेत हुन । साथै ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्रलाई सहयोग गर्ने शुभेच्छुकका रुपमा अप्पन टेलिभिजनका सञ्चालक समितिका अध्यक्ष बजरंग प्रसाद साहलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्रकी काठमाण्डौं प्रमुख किरण दादी सहित विभिन्न दलका सांसद र नेताहरु, समाजका अगुवाहरु, विभिन्न क्षेत्रका अगुवाहरुका साथै ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्रका अनुयायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।