पुरन रौनियार
जनकपुरधाम, असोज २२ : हौसला भए जे पनि सम्भव छ भन्ने तर्क धेरै महान व्यक्तित्वहरुले त्यतीकै भन्ने गरेका होइनन । वर्तमानमा पनि यस र्तकलाई सार्थक सावित गर्ने धेरै उदाहरणहरु छन् । यसै उदाहरणका एक पात्र हुन धनुषाको मिथिला विहारी नगरपालिकाका भक्तप्रलहाद कुमार साह जो खुट्टाले होइन दुई हातकै साहारमा हिन्दै दैनिक पढन कलेज जान्छन ।
उनीहुन धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ७ तारापट्टी निवासी भक्तप्रल्हाद कुमार साह । भक्तप्रल्हाद खुट्टाले हिन्न नसकेपनि उनका लागि दुई हात नै खुट्टा हुन । उनी दुई हातकै साहाराले तारापट्टी देखि जनकपुरधाम करिव ८ किलो मिटरको यात्रा दैनिक बसमा तय गर्दै जनकपुरधामको युनिर्भसल एकेडेमी क्याम्पसमा उच्च शिक्षा हासिल गरिरहेका छन् । बाणिज्य संकायमा भर्ना लिएका भक्तप्रल्हाद क्याम्पस पढने हजारौं विद्यार्थीको प्रेरणा र हौसलाको पात्र बनेका छन् ।

एसईई परिक्षामा ए लेभलका साथ उर्तिण भएपछि भक्तप्रल्हादको इच्छा कमप्युटर इन्जिनियर बन्ने रहेछ । तर बुवा लक्ष्मण साह र आमा सावित्रि देवी साहले आर्थिक अवस्थाका कारण पढाउन नसक्ने भनेपछि उनी जनकपुरमै भएपनि पढने र पढाई भने नछाडने दृढ संकल्प गरे ।
भक्तप्रल्हाद साढे चार बजे विहानै उठेर नित्यकर्म गरि ५ः४५ मा बस चढन गाँउको चौकमा पुगिसकेका हुन्छन । पहिलो पटक कलेज आउँदा दाया लागेर आएको तर आफु कुनै सहयोग नभएर कलेज पढन र भर्ना हुनका लागि आएको भनेपछि कलेज प्रशासन पनि उत्साहित भए । कलेजले उनको पढाई लेखाई, यातायात, शैक्षिक समाग्री र पोशाक समेत निशुल्क उपलब्ध गराएर प्रोत्साहन गरेको छ ।

जन्मजात फरक क्षमता भएका भक्तप्रल्हादका अभिभावकले उनको सुरुवाती शिक्षा निजि विद्यालयबाटै थालनी गरे । खेती किसानी गर्ने उनका पिता लक्ष्मण साहले उनका लागि कुनै भनसुन नगरेको र उच्च शिक्षामा पढने सम्पुर्ण बन्दोबस्त भक्तप्रल्हादले आफनै पहलमा गरेको बताउछन् ।

बाल्यकाल देखि नै पढाई लेखाईमा जेहेन्दार भक्तप्रल्हादका लागि आफुले वडा देखि नेता सम्म भनसुन गरेको भएपनि कसैले नसुनेको उनको गुनासो छ । यद्यपि भक्तप्रल्हाद भने हार मानेका छैनन । उनले आफै कलेजमा पुगेर आफु पढन चाहेको भनेपछि कलेजले औपचारिक निर्णय गरि निशुल्क पढाउने निधो गरे । भक्तप्रल्हादको यो साहासिक कार्य यस क्षेत्रका उच्च शिक्षा हासिल गर्ने र गरिरहेका किशोर किशोरीहरुका लागि प्रेरणाको स्रोत बनेको छ । पढाई छोडेर लहैलहैमा विदेशिने किशोरहरु पनि भक्तप्रल्हादबाट अवयश्क केहिभएपनि पाठ सिक्ने छ ।
तस्वीर : संजय साह





