एसपी रिपोर्टर
जनकपुरधाम, असोज १२ :
धनुषाको सबैला नगरपालिकामा शिक्षा सहित अन्य अन्य सान्दर्भीक मुद्दाहरुमा स्थानिय सरकारको संलग्नताबारे छलफल भएको छ । नगरपालिकाको कुल पाँच वटा मावीका प्रअ, विद्यार्थी र व्यवस्थापन समिति सहित राजनितिक अगुवाहरुको समेत उपस्थितीमा भएको कार्यक्रममा विद्यार्थी समेतले आफनो शिक्षास्तरको विषयमा सवाल उठाएका छन् ।

श्री फकिरचन्द गामि उच्च मावीका एक विद्यार्थी आफनै प्र.अ. बैजु कुमार साह सहभागी सो कार्यक्रममा बिद्यालयका अनेकन विकृती उठान गरेपछि प्र.अ. साहको टाउको झुकको बताइन्छ । स्थानिय युवा अगुवा नथुनी यादवको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख विजय शंकर साह, स्थानिय एमालेका नेता जगदिश यादव सहितकाले शिक्षा सहितका सान्दर्भीक मुद्दाहरुलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।
स्थानिय सरकारको कार्यान्वयन पक्ष प्रभावकारी बनाउदै विद्यालयमा रहेका विकृतीहरु समाधान गर्नुपर्ने वक्ताहरुको जोड थियो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल एनसिई नेपालको आयोजनामा भएको कार्यक्रममा विभिन्न संस्थाहरुले सहकार्य गरेको अगुवा नथुनी यादवले बताए । कार्यक्रममा नगरपालिकाका वडा नं. ८ अध्यक्ष दुर्गा राय र वडा नंंं. ३ का अध्यक्ष सन्तोष साह सहितको सहभागिता रहेको थियो ।